अष्ट्रेलियाबाट सहजै रेमिट्यान्स पठाउन सकिने
काठमाडौं ।
इ–सेवा मनि ट्रान्सफर र अष्टे«लियाको प्रतिष्ठत रेमिट्यान्स कम्पनी लिगल रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । योसँगै अष्ट्रेलियामा रहेका नेपालीहरूलाई नेपालमा रेमिट्यान्स पठाउन अझ सहज भएको छ ।
रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता पत्रमा इ–सेवा मनि ट्रान्सफरका प्रबन्धनिर्देशक अजेश कोइराला र लिगल रेमिटका तर्फबाट निर्देशक विवेक ढकालले हस्ताक्षर गरेका हुन् । अष्टे«लियाबाट नेपालीहरूले नगदमा तथा कुनै पनि बैंक खातामा र इ–सेवा वालेटमा रकम पठाउन सकिनेछ । नगदमा पठाइएको रकम इ–सेवा मनि ट्रान्स्फरका नेपाल भररहेका ८ हजारभन्दा धेरै एजेन्ट तथा इ–सेवावालेट एपमार्फत पनि प्राप्त गर्न सकिनेछ ।
त्यसैगरी बैंक खातामा पठाएइको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । नगदमा पठाइएको रकम इ–सेवा वालेटमा रिसिभ गर्दा ५५ अतिरिक्त क्यासब्याक प्राप्त हुनेछ । लिगल रेमिट अनलाइनमार्फत कारोबार गर्ने र उच्चस्तरको प्रविधि प्रयोग गरेको कम्पनी भएको हुँदा ५ मिनेटभित्रै रेमिटेयान्स प्राप्त गर्न सकिनेछ । इ–सेवा मनि ट्रान्स्फरले डिजिटल र एजेन्ट दुवै माध्यममार्फत विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।
इ–सेवा मनि ट्रान्सफरले अमेरिका, जापान, युरोपीयन देशलगायत खाडीका थुपै्र मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ । डिजिटल माध्यमबाट रेमिट्यान्स भित्र्याउन प्रोत्साहन गरिरहेको इ–सेवा मनि ट्रान्सफर पछिल्लो समय विदेशमा रहेका नेपालीहरुमा रोजाइमा पर्दै गएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया