एउटा कम्पनीको सेयरमा १८ अर्ब १२ करोडको आवेदन
सेयरबजारमा सर्वसाधारण झुम्मिए
काठमाडौं ।
पछिल्लो समय सर्वसाधारणहरु सेयरबजारमा झुम्मिएका छन् । सेयरको पहिलो र दोस्रो दुवै बजारमा लगानीकर्ताहरुको संख्या वृद्धि हुँदै जाँदा नेपालको सेयरबजारमा आकर्षण बढेको स्वतः अनुमान लगाउन सकिने अवस्था छ ।
लगातार सेयरबजारमा कारोबार मापक नेप्से परिसूचक उकालो लागेको तथा सेयरबाट राम्रो फाइदा हुन्छ भन्ने देखेपछि प्राथमिक बजारमा लगानी गर्नेहरुको सङ्ख्यामा वृद्धि भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयरको आवेदन दिने अन्तिम दिन मंगलबार साँझसम्म १५ लाख २९ हजार चार सय ६० बराबरको आवेदन परेको छ । बैंक तथा वित्तीय संस्थामा बुझाइएका आवेदनको मूल्याङ्कन भने गर्न बाँकी रहेको छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले दिएको प्रारम्भिक जानकारीअनुसार सात करोड ५८ लाख ४० हजारको साधारण सेयरमा झण्डै १८ अर्ब १२ करोड ८६ लाख ७२ हजारबराबरको आवेदन परेको हो । बैंक तथा वित्तीय संस्थामा प्रत्यक्ष आवेदन दिनेको सङ्ख्या केही थपिनसक्ने बताइएको छ ।
सो बैंकको साधारण सेयरमा १५ लाख २६ हजार पाँच सय २७ वटा आवेदन परेको हो । बिक्री प्रबन्धकका अनुसार १८ करोड नौ लाख ८५ हजार आठ सय कित्ताको लागि माग आएको छ । कम्पनीले सर्वसाधारणतर्फ सात करोड ५८ लाख ४० हजार कित्ता सेयर बिक्री गरेको हो । यस्तै एक लाख ६० हजार कित्ता कर्मचारीको लागि र ४० लाख कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको थियो ।
साधारण सेयर यही माघ २ गतेदेखि आजसम्म बिक्री गरिएको हो । पूर्वाधारको क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ सो बैंकको अहिले साधारण सेयर बिक्रीपछि चुक्ता पुँजी २० अर्ब पुग्नेछ । उक्त बैंंक मध्यमस्तरको कम्पनी हो । कम्पनीले माघ २ गतेदेखि ६ गते मंगलबारसम्म आवेदन खुला गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग
- दसैँपछि घोडेपानी र पुनहिलमा पर्यटक बढे
- नारायणी रङ्गशाला क्रिकेट मैदान स्तरोन्नति गरिँदै
- बागलुङमा ५६ हजार दुई सय ४० ‘मेट्रिकटन’ आलु उत्पादन
- उकालो लाग्यो शेयर बजार
- बागमती प्रदेशमा निःशुल्क स्वास्थ्योपचार गरिने
- जाजरकोटका दलले बुझाए मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षणपत्र
- शून्य कार्बन स्कुलको अवधारणा कार्यान्वयन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया