दोलखा ।
जिल्ला प्रहरी कार्यालय दोलखाले राति ९ बजेपछि चरीकोट बजारका सम्पूर्ण मदिरा पसल बन्द गर्न निर्देशन दिएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डीएसपी भेषराज रिजालले घरेलु मदिरा न्यूनीकरण गर्नलाई राति नौ बजेपछि भट्टी पसलहरू बन्द गर्न निर्देशन दिएको बताए । साँझको समयमा अत्यधिक बिक्री हुने मदिराले बजारमा धेरै विकृति फैलिएको भन्दै उनले चरीकोट बजारमा खुलेका भट्टी पसल तथा लोकल मदिरा बिक्री हुने सबैखाले पसल बन्द गर्ने बताए ।
त्यसैगरी चरीकोट बजारको सुरक्षालाई थप व्यवस्थित बनाउन रातको समयमा प्रहरी गस्तीलाई थप बढाउने पनि उनले जानकारी दिए । दोलखामा हुने चोरी तस्करीका घटना न्यूनीकरण गर्न, बजार क्षेत्रमा हुने गाँजा सेवन तथा लागुऔषध दुव्र्यसन तथा बिक्रीवितरणलाई रोक्न आफ्नो कार्यकालमा सक्दो प्रयास गर्ने उनले बताए ।
त्यसैगरी वनक्षेत्रमा हुने चोरी तस्करी, नदी उत्खननलाई रोक्ने पनि उनले बताए । चरीकोट बजारमा हुने जामलाई व्यवस्थापन गर्न चरीकोटको बीच बजारमा दुई जना प्रहरीलाई दिउँसोको समयमा राख्ने पनि उनले जानकारी दिए । साथै उनले आगामी वैशाखमा हुने चुनावलाई सुरक्षित बनाउन सिंगो जिल्लाको सुरक्षा टोली खट्ने र नागरिकलाई सुरक्षित ढंगले मतदान गर्ने वातावरण बनाउने बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- मकवानपुरमा सुतिरहेका साथीको साबेल प्रहार गरी हत्या
- सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेशराज कायस्थ
- ५५ करोड बराबरको अनलाइन जुवा खेलाउने व्यक्ति पक्राउ
- ‘अस्पतालको फार्मेसीमा सबै औषधि उपलब्ध हुनुपर्छ’
- कार्टेलिङ गरी सिमेण्टमा मूल्यवृद्धि
- विराटनगरमा मैथिली भाषाको अन्तर्राष्ट्रिय अवार्ड हुने
- नयाँ स्टक एक्सचेन्ज र पुँजीबजार
- राजनीतिकोे उतारचढावमा सेयरबजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया