म्याद सकिएको १८ महिना बितिसक्दा पुल निर्माणको काम मात्र १५ प्रतिशत
सोलुखुम्बु ।
खोटाङ र उदयपुर जिल्ला जोड्ने धाप्लाङघाट पुल निर्माण निकै सुस्त गतिमा भइरहेको छ । विसं २०७६ साल असार २९ गतेभित्र सम्पन्न गर्नेगरी २०७३ साल असार ३० गते सम्झौता गरिएको खोटाङको बराहपोखरी गाउँपालिका वडा नम्बर २ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने जोड्ने सुनकोशी नदिमा निर्माण भइरहेको पुल निर्माणको काम निकै ढिलो गतिमा भइरहेको हो ।
निर्माणको जिम्मा पाएको कम्पनी रसुवा एसएनएस पप्पु जेभीले सम्पन्न गर्नुपर्ने समय सकिएको एक वर्षभन्दा बढी भए पनि अहिलेसम्म जम्मा १५ प्रतिशत मात्र काम सम्पन्न गरेको हो । निर्माण सक्नुपर्ने सम्झौताको म्याद नाघेको १८ महिना बितिसक्दा समेत निर्माणको काम जम्मा १५ प्रतिशत मात्र भएको सडक विभाग पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ का साइड इन्जिनियर रबि शाहले बताए ।
हाल पुलको राइटब्यांक (उदयपुरतर्फ)को वेल फाउण्डेसनको सिंकिङ अपरेसनको काम भइरहेको सडक विभाग पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ ले जनाएको छ । सो पुल २०७४ साल भदौ ३१ गते तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले शिलान्यास गरेका थिए । भोजपुरको आमचोक गाउँपालिका र उदयपुरको रानीटार जोड्ने पुल र धाप्लाङघाटको पुल ५० करोड १४ लाख ६० हजारको लागतमा पूरा गर्नेगरी ठेकेदार कम्पनी रसुवा एसएनएस पप्पु जेभीले एउटै ठेक्कामार्फत जिम्मा लिएको थियो । एसएनएस पप्पु कन्ट्रक्सन नेपाल सरकारको कालोसूचीमा परेकोे निर्माण कम्पनी हो ।
एकै दिन शिलान्यास गरिएको रानीटार र धाप्लाङघाट पुलको भौतिक प्रगति भने निराशाजनक रहेको बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले बताए । धाप्लाङघाटमा खोटाङ र उदयपुरतर्फ वर्षौँअघि कच्ची सडक बनेको भए पनि हालसम्म मोटरेबल पुल नबन्दा प्रयोगविहीन भएको छ । यो पुल निर्माण भएपछि खोटाङबाट तराई पुग्नका लागि सबैभन्दा छोटो पर्नेछ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- राजनीतिकोे उतारचढावमा सेयरबजार
- कोही जिम्मेबार नहुँदा थला परेको विकास
- लेबनानमा युद्धविराम घोषणा
- सहकारी नियमन गर्न तीन महिनाभित्र बनाउनु पर्ने निकाय गठनको काम कहाँ पुग्यो?
- डेडिकेटेड फिडर तथा ट्रंकलाइन बक्यौता रहेका उद्योग सञ्चालकहरुको घरमा प्राधिकरणको लाइन काट्ने तयारी
- वन मुद्दामा आरोपित भीआईपी व्यापारी धरौटीमा छुट्नुको रहस्य !
- बक्यौता उठाउन प्राधिकरणको नयाँ जुक्ति
- पहाड र तराईका केही स्थानमा हुस्सु, बाँकी भागमा मौसम सफा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया