चीनको ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान
काठमाडौं ।
नेपाल र चीनको संयुक्त साझेदारीमा सञ्चालित हिमालय एयरलाइन्सले परीक्षण उडानस्वरुप ल्हासामा उडान भरेको छ । कम्पनीको जहाज मंगलबार आफ्नो पहिलो उच्च उचाइ गन्तव्य ल्हासाको परीक्षण उडानका लागि प्रस्थान गरेको थियो । ल्हासा जनवादी गणतन्त्र चीनको स्वशासित राज्य तिब्बतको धार्मिक र प्रशासनिक राजधानी हो, जसले संसारभरबाट पर्यटक आकर्षित गर्दै आएको छ ।
परीक्षण उडान सन् २०२१ को ग्रीष्म ऋतुमा ल्हासामा तालिकाबद्ध उडानहरू सुरू गर्ने कम्पनीको व्यावसायिक योजनाकोअनुरूप नै भएको जनाइएको छ । परीक्षण उडान एच९९६१ त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट मंगलबार बिहान ७ः१७ बजे (स्थानीय समय)मा ल्हासातर्फ प्रस्थान गरी ल्हासाको गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा विहान १०ः४६ बजे (स्थानीय समय)मा अवतरण भएको थियो ।
एयरलाइन्सका सञ्चालन उपाध्यक्ष क्याप्टेन हाओ दीले वरिष्ठ क्याप्टेनहरुसहित परीक्षण उडानका चालक दलको नेतृत्व गरेका थिए । परीक्षण उडानका लागि एयरलाइन्सले सन् २०२० को मार्च महिनामै विशेषतः उच्च उचाइका लागि उडान भर्न एच९एजेके नाममा दर्ता भएको न्यारोबडी हवाइजहाज ए३१९–११५ प्रयोगमा ल्याएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- मकवानपुरमा सुतिरहेका साथीको साबेल प्रहार गरी हत्या
- सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेशराज कायस्थ
- ५५ करोड बराबरको अनलाइन जुवा खेलाउने व्यक्ति पक्राउ
- ‘अस्पतालको फार्मेसीमा सबै औषधि उपलब्ध हुनुपर्छ’
- कार्टेलिङ गरी सिमेण्टमा मूल्यवृद्धि
- विराटनगरमा मैथिली भाषाको अन्तर्राष्ट्रिय अवार्ड हुने
- नयाँ स्टक एक्सचेन्ज र पुँजीबजार
- राजनीतिकोे उतारचढावमा सेयरबजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया