स्पार्क अटोमोटिभ्सले ल्यायो एस इक्विपमेन्टको उत्पादन नेपालमा
काठमाडौं ।
भारतको लोकप्रिय हेभी इक्विपमेन्ट उत्पादन कम्पनी एस ब्राण्डको मेसिनहरु नेपालमा स्पार्क अटोमोटिभ्स प्रालिले भित्र्याएको छ । एस कम्पनीद्वारा उत्पादित यी हेभी इक्विपमेन्टहरु विभिन्न निर्माणकार्यमा लोकप्रिय छन् ।
नेपालमा स्पार्क अटोमोटिभ्स प्रालिले भित्र्याएका यी हेभी इक्विपमेन्ट्सहरुमा ३–४० टनका क्रेन, ब्याक्हो लोडर, ह्विल लोडर तथा विभिन्न सडक निर्माणमा आवश्यक कम्याक्टर, टेन्डम रोलर, ग्रेडर एवं वेयर हाउस इक्विपमेन्टमा फर्कलिफ्ट, स्ट्रयाकर आदि छन् । स्पार्क अटोमोटिभ्सकोे वर्कसप तथा शोरुम काठमाडौं तथा वीरगञ्जमा छ भने कर्पोरेट अफिस नक्साल, काठमाडौंमा छ । कम्पनीले नेपालमा आवश्यक पर्ने एस ब्राण्डका अन्य उत्पादनहरु समेत बजारमा क्रमशः बिक्रीवितरण गर्ने र आगामी दिनमा बिक्रीपश्चात्का सर्भिस सेवालाई पनि उत्तिकै महत्वमा राखी समयअनुसार शाखाहरु विस्तार गर्दै लैजाने जनाएको छ ।
एस इक्विपमेन्ट भारतको अग्रणी निर्माणसम्बन्धी उपकरण निर्माण गर्ने कम्पनी हो, जसले निर्माण तथा उत्पादन गरेको निर्माण सामग्री उपकरण देशभरका सबै प्रमुख पूर्वाधार निर्माण, ठूला–ठूला निर्माण र औद्योगिक परियोजनाहरुमा छ । एसले आफ्नो उत्पादनहरुको बिक्रीवितरण मध्यपूर्व, एसिया, अफ्रिकालगायतका मुलुकहरुमा समेत गर्दै आइरहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया