Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिजगढ विमानस्थलमा वन बाधक नबन्ने

निजगढ विमानस्थलमा वन बाधक नबन्ने


बारा ।
बारा जिल्लाको निजगढमा निर्माण गरिनलागेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा वन मन्त्रालयले सहजीकरण गर्ने भएको छ । वनबाटै ठूलो बाधा र अवरोध हुँदा उक्त विमानस्थलको निर्माणको सुरु नै हुनसकेको छैन । नेपालमा जंगलबाटै विभिन्न विकास आयोजनाहरु निर्माणमा अवरोध हुँदै आएको बेला वन मन्त्रालयले विमानस्थल निर्माणमा मन्त्रालय बाधक नबन्ने बताएको हो ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले विमानस्थल लगायतका पूर्वाधार निर्माणमा अब वन मन्त्रालय बाधक नबन्ने स्पष्ट पारेका हुन् । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने ठाउँको बुधबार अनुगमन गर्न त्यहाँ गएका मन्त्री आलेले विमानस्थल निर्माणमा पाँच हजार रुख काट्नुपर्ने र त्यसमा मन्त्रालयबाट कुनै अवरोध नहुने स्पष्ट पारेका हुन् ।

अनुगमनका क्रममा मन्त्री आलेले विमानस्थल निर्माण गरिने काइयाबस्ती क्षेत्रमा रहेका कम्तीमा पनि एक हजार चार सय ७६ घरधूरीका नागरिक विस्थापन हुने भएकाले सबैभन्दा पहिले तिनको उचित व्यवस्थापन गरी विमानस्थल निर्माण अगाडि बढाउनुपर्ने बताए ।

सोही अनुगमनका क्रममा निजगढ पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल देशकै नमूना विमानस्थल बनाइने बताए । मन्त्री ढकालले विमानस्थल निर्माण भए देशकै मुहार फेरिने तथा यहाँकै नागरिकले प्रत्यक्ष सेवा पाउने भएकाले विमानस्थल चाँडै निर्माण गरिने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया