Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिर्यात व्यापारमा वृद्धि प्रमुख निर्यात वस्तु सोयाबिन तेल

निर्यात व्यापारमा वृद्धि प्रमुख निर्यात वस्तु सोयाबिन तेल


काठमाडौँ ।

मुलुकको व्यापारघाटा न्यूनीकरण गर्नमा पछिल्लो समय सोयाबिन तेलको मुख्य भूमिका रहेको छ । भारतले पाम तेलको प्रतिबन्ध लगाएपछि नेपालबाट निकासी हुने प्रमुख वस्तुमा सोयाबिन तेल परेको हो । पछिल्लो समय सोयाबिन तेलको निर्यातमा २७ प्रतिशतले वृद्धि भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, पुल्चोकले जानकारी दिएको छ । सोयाबिन तेल विशेषगरी भारतीय बजारमा मात्र खपत हुने गरेको केन्द्रका वरिष्ठ अधिकृत कृष्णाराज बजगाईंले बताए ।

‘पाम आयलको प्रतिबन्धपछि नेपालबाट सबैभन्दा धेरै मूल्य परिमाणमा सोयाबिन तेल निर्यात भएको छ’, उनले भने, ‘नेपालमा उत्पादित जति पनि सोयाबिन तेल छ त्यसको मुख्य बजार भनेको भारतीय बजार हो । निर्यात वृद्धिसँगै व्यापारघाटा कम गर्नका लागि सोयाबिन तेलको महत्वपूर्ण भूमिका रहेको छ ।’

चालू आवको र गत आवको पाँच महिनाको तुलनामा चालू आवमा सोयाबिन तेलको निर्यात २७ प्रतिशतले बढेको छ । सोयाबिन तेल मात्र नभई समीक्षा अवधिमा टेक्सटाइल, चिया, कपडाजन्य उत्पादन, चाउचाउ, आयुर्वेदजन्य पदार्थलगायतका सामग्रीको निर्यात व्यापारमा वृद्धि भएको छ ।

चालू आवको पाँच महिनाको अवधिमा तीन अर्ब ८ करोड ८१ लाखको सोयाबिन, दुई अर्ब ५५ करोड ९७ लाखको चिया, एक अर्ब ९३ करोड ४५ लाखको कपडाजन्य उत्पादन, एक अर्ब २९ करोड ३८ लाखको टेक्सटाइल, ८१ करोड ६८ लाखको चाउचाउ तथा पास्ता, ६३ करोड ७२ लाख आयुर्वेदजन्य पदार्थ र ४९ करोड ९८ लाख मूल्यबराबरको मञ्जन निर्यात भएको छ भने गत आवको सोही अवधिमा १३ अर्ब ५० करोड ५६ लाखको सोयाबिन तेल, एक अर्ब ४५ करोडको चिया, एक अर्ब १९ करोड ६३ लाखको कपडाजन्य उत्पादन, एक अर्ब ४० करोड ९ लाख टेक्सटाइल, ५० करोड ३७ लाखको चाउचाउ तथा पास्ता, ५० करोड ३७ लाखको आयुर्वेदजन्य पदार्थ ३७ करोड ९१ लाख मूल्यबराबरको मञ्जन
निर्यात भएको थियो ।

यस्तै सीमित उत्पादनको निर्यात बढे पनि ठूलो संख्यामा रहेका उत्पादनहरुको निर्यातमा पनि कमी आएको केन्द्रले जनाएको छ । वरिष्ठ अधिकृत बजगाईंले कार्पेट, यार्न, अलैँची, जुटजन्य सामग्री, कपडालगायतका सामग्रीको निर्यात भने कमी आएको छ । समीक्षा अवधिमा तीन अर्ब १० करोड ५५ लाखको कार्पेट, तीन अर्ब २० करोडको यार्न, तीन अर्ब सात करोड ४४ लाखको अलैँची, दुई अर्ब ८२ करोड ३२ लाखको जुटजन्य सामग्री, एक अर्ब ५१ करोड मूल्यबराबरको जुस निर्यात भएको छ भने गत आवको सोही अवधिमा तीन अर्ब २२ करोड २५ लाखको कार्पेट, तीन अर्ब ६२ करोड ६५ लाख यार्न, तीन अर्ब ८५ करोड ६५ लाखको अलैंची, दुई अर्ब ४२ करोड २३ लाखको जुटजन्य सामग्री र एक अर्ब ५६ करोड ८४ लाखको जुस निर्यात भएको थियो ।

यस्तै तीन आवको समीक्षा अवधिमा भने निर्यातदर भने क्रमशः बढ्दै गएको छ । आव २०७५÷०७६, २०७६÷०७७ र २०७७÷०७८ को पाँच महिनाको अवधिमा क्रमशः ३७ अर्ब, ४७ अर्ब र ५० अर्बको निर्यात भएको छ । कोरोना महामारीमा सीमित निर्यात भए पनि सरकारले बन्दाबन्दी अन्त्य गरेसँगै निर्यातमा सहज भएको अधिकृत बजगाईंले बताए । उनले भने, ‘वैशाखयता भने निर्यात व्यापार नेपाली पक्षबाट सामान्य अवस्थामा फर्किएको छ ।’

सोयाबिन तेल मात्र नभई नेपालमा उत्पादित अलैँची, फलाम तथा स्टिलका भाँडाहरु समेत भारतीय बजारमा सीमित छन् भने चिया, कार्पेट, गलैँचा तथा यार्न भने युरोप तथा अमेरिकामा समेत पुग्ने गरेको केन्द्रका अधिकारीको भनाइ छ । पछिल्लो समयमा नेपाली व्यवसायीहरुले फुटवेयर, विभिन्न प्रकारका तेल, नेपाली कागज, झोला, गहनालगायतका सामग्री उत्पादन तथा निर्यात गर्ने भए पनि त्यसमा उल्लेखनीय सुधार आउनसकेको छैन ।

यस्तै अघिल्लो वर्षमा नेपालबाट निर्यात हुने प्रमुख वस्तुको सूचीमा पाम तेल आउने भए पनि भारतीय पक्षको प्रतिबन्धका कारण वैशाखदेखि पाम आयल निर्यात हुनसकेको छैन । चालू आवको पाँच महिनामा चार लाख ४३ हजारको पाम आयाल निर्यात भएको छ । गत आवको सोही अवधिमा भने पाँच अर्ब ९१ करोड ९ लाखको निर्यात भएको थियो । वीरगञ्ज भन्सार नाकाबाट पाम आयल भारत निर्यात हुने गरेको थियो भने भारतीय प्रतिबन्धसँगै पर्सा तथा बारा क्षेत्रका ९० प्रतिशत तेल उद्योग प्रभावित बन्नपुगेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने भारतको वैदेशिक व्यापार महानिर्देशनालय (डीजीएएफटी) ले भारतीय व्यावसायिक आयातकर्ताको प्रमाणपत्र निलम्बन गर्दा नेपालबाट पाम आयाल निकासीमा समस्या भएको जानकारी दिएको छ । नेपाली पक्षले सो समस्या हटाउन पहल गरे पनि हालसम्म कुनै ठोस निर्णय हुनसकेको छैन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया