सोलुखुम्बुको महाकुलुङमा ‘रक क्लाइमिङ’ सेन्टर स्थापना
सोलुखुम्बु ।
सोलुखुम्बु जिल्लाको विकट क्षेत्र महाकुलुङ गाउँपालिकामा रक क्लाइमिङ सेन्टर निर्माण गरिएको छ । गाउँपालिकाको वडा नम्बर १ को रोयोलुङ भीरमा रक क्लाइमिङ सेन्टर निर्माण गरिएको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिए । रक क्लाइमिङ सेन्टर निर्माण गत पुस २३ गते विज्ञसहितको टोलीले सम्भाव्यता अध्ययन गरेको थियो ।
अन्तर्राष्ट्रिय माउन्टेन गाइड तथा नेपाल पर्वतारोहण पथप्रदर्शक संघका प्राविधिक प्रमुख तेण्डी शेर्पाको पहलमा विदेशी दाताबाट प्राप्त तीन लाख ६० हजार रूपैयाँको सामग्री र महाकुलुङ गाउँपालिकाको पाँच लाख रूपैयाँ लागतमा उक्त सेन्टर निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित क्लाइमिङ सेन्टर निर्माण गरिएको अध्यक्ष किराँतीको भनाइ छ । अब क्लाइमिङ तालिमका लागि लाखौँ खर्च गरेर जिल्लाबाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ । माघ ३ गते एक कार्यक्रमका बीच उक्त सेन्टरको उद्घाटन गरी सञ्चालनमा ल्याइएको हो । विश्वसको सर्वोच्च शिखर सगरमाथासहितका दर्जनौँ हिमाल भएको सोलुखुम्बु जिल्लाको यो पहिलो रक क्लाइमिङ सेन्टर हो ।
यसअघि सोलुखुम्बुका स्थानीयले काठमाडौँलगायतका क्षेत्रमा गएर तालिम लिने गरेका थिए । जिल्लाभित्रै तालिम लिन पाइने भएपछि जिल्लाबाहिर जानुपर्ने बाध्यता अन्त्य हुनुका साथै आर्थिकरूपमा पनि सस्तो पर्नेछ । जिल्लामा यस्तो सम्भावना भएको स्थानहरू अनेत्र पनि रहेकाले त्यहाँ समेत रक क्लाइमिङ सेन्टर स्थापन गरी आर्थिक उपार्जन समेत गर्न सकिनेतर्फ स्थानीय सरकारहरू लाग्नुपर्ने खाँचो देखिएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- (रास्वपा)का नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय शर्मा र निरौलाको संयुक्त इजलासमा
- ज्योति विकास बैंक सम्मानित
- मानव तस्करीमा मुछिएका ११ जना विरुद्ध मुद्दा पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति !
- राहदानी प्रणालीमा ‘र्यान्समवेअर’ आक्रमण भएको कसरी थाहा भयो, कहिलेदेखि सबैतिर सेवा सुरु हुन्छ?
- श्रीलंकाको विद्युत् पूर्वाधारका लागि एडीबीले २० करोड डलर ऋण दिने
- युक्रेनद्वारा रूसी तेल तथा ऊर्जा केन्द्रमा प्रहार
- बदलिँदै दुर्गमको परिचय
- चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया