Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबजाज अटो लिमिटेड विश्वको सर्वाधिक मूल्यवान् दुईपाङ्ग्रे सवारी कम्पनी

बजाज अटो लिमिटेड विश्वको सर्वाधिक मूल्यवान् दुईपाङ्ग्रे सवारी कम्पनी


काठमाडौं ।
बजाज अटो लिमिटेड बजार पुँजीकरण एक दशमलव छ लाख करोड नाघ्ने विश्वव्यापी रुपमा पहिलो दुईपाङ्ग्रे कम्पनी बनेको छ । बजाज अटो लिमिटेडको सेयर मूल्य बुधबार एनएसईमा प्रतिसेयर पाँच हजार पाँच सय ६६ दशमलव चार रुपैयाँ पुगेर बजार पुँजीकरण एक लाख ६१ हजार ७३ दशमलव २१६ करोडमा समेटिएको थियो । बजाज अटोले सञ्चालनको ७५औँ वर्षमा यो ऐतिहासिक कोशेढुंगा स्थापना गरेको छ ।

विश्लेषकहरूका अनुसार योभन्दा अगाडि विश्वमा कुनै पनि अन्तर्राष्ट्रिय दुईपाङ्ग्रे सवारी कम्पनीले एक दशलमव छ लाख करोडभन्दा बढीको बजार पुँजीकरण हासिल गर्नसकेको छैनन् । यसप्रकार, बजाज अटो दुईपाङ्ग्रे सवारी श्रेणीमा सबैभन्दा मूल्यवान् कम्पनी मात्र होइन, एक दशमलव छ लाख करोडभन्दा बढीको बजार पुँजीकरण पु-याउने विश्वमै पहिलो दुईपाङ्ग्रे कम्पनी पनि हो ।

बजाज अटोको यात्रा भारतमा ७५ वर्षपहिले सुरू भएको थियो । हाल यसका पल्सर, बक्सर, प्लेटिना र आरई जस्ता ब्राण्डहरू विश्वका ७० भन्दा बढी देशमा लोकप्रिय छन् । कम्पनीका ब्राण्डहरु यस वर्ष थाइल्यान्डमा प्रवेश गरिसकेको र अर्को वर्ष ब्राजिलमा प्रवेश गर्ने तयारी गरेको छ । बजाज अटोको अस्ट्रियाको केटीएम एजीसँग एक अत्यधिक सफल साझेदारी छ, जहाँ यस साझेदारीले केटीएमलाई प्रिमियम स्पोर्ट मोटरसाइकलको सबैभन्दा ठूलो निर्माता बन्न मद्दत गरेको छ ।

आइकोनिक केटीएम र हुस्कभर्ना दायराका धेरै मोडलहरू बजाज र केटीएमले संयुक्त रूपमा डिजाइन गरेका छन् । अमेरिका र जापानजस्ता विकसित देशहरूलगायत विश्व बजारमा निर्यातका लागि भारतमा निर्मित छन् । बजाज अटोले पनि ट्राइम्फ युकेसँग विश्वबजारका सेवा प्रदान गर्न भारतमा उस्तै प्रकारका ट्राइम्फ मोटरसाइकलको नयाँ शृंखला बनाउनका रणनीतिक साझेदारी गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया