दोलखा ।
दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर १, २ र ३ बाट मात्रै वार्षिक १० लाख रूपैयाँभन्दा बढीको अम्रिसोको कुचो उत्पादन तथा बिक्री हुनेगरेको पाइएको छ । गाउँपालिकाको मिर्गे र गौरीमुदीका किसानहरूले भिरपाखा तथा बारीका छेउमा अम्रिसो लगाउने गरेका छन् ।
यस वर्ष अम्रिसोको कुचाको मूल्य समेत राम्रो पाएको किसानहरूको भनाइ छ । गाउँपालिकाको यी तीनवटा वडामा जिल्लाभरकै धेरै कुचो उत्पादन हुने गरेको बैतेश्वर मिर्गेका कुचो उत्पादक प्रकाशकुमार तामाङले जानकारी दिए । तामाङले यसवर्ष तीनवटा वडाबाट करिब १० लाख रूपैयाँभन्दा बढीको अम्रिसोको कुचो काठमाडौँमा पठाएको जानकारी दिए । साथै तामाङ आफैँ पनि जिल्लाका विभिन्न ठाउँमा पुगेर कुचो संकलन गरी काठमाडौँमा बेच्न लाने गर्दछन् ।
अघिल्लो वर्ष प्रतिकेजी ४० रूपैयाँ मूल्य रहेको अम्रिसोको मूल्य हाल बढेर एक सय २० रूपैयाँ पुगेको छ । अम्रिसोको मूल्य बढेपछि खेती गर्ने किसानदेखि बिक्री गर्ने ठेकेदार समेत खुसी भएका छन् । सुरुमा ८० रूपैयाँ मूल्य रहेको अम्रिसोको कुचो अहिले एक सय २० रूपैयाँसम्ममा किनबेच हुनेगरेको कुचो व्यापारी रबि तामाङले बताए । उनले पनि बैतेश्वरबाट उत्पादन भएको करिब सात सय केजी कुचो जम्मा गरेर काठमाडौँ पठाइसकेको जानकारी दिए । किसानहरूलाई यतिबेला पाखोबारी तथा भिरपहरामा लगाएको अम्रिसो निकाल्न भ्याइनभ्याइ छ ।
गत कात्तिकसम्म कुचोको मूल्य एक सय रूपैयाँ दिन पनि आनाकानी गर्नेहरू अहिले एक सय २० रूपैयाँमा सहजै लैजान घरमा नै आउने गरेको किसान डम्बरकुमारी अधिकारीले बताइन् । कुचोको भाउ स्थिर नभए पनि यसवर्ष विगतमा जस्तो अत्यन्तै कम मूल्य हुने सम्भावना नरहेको कुचो व्यवसायी राजु तामाङले बताउँछन् ।
यसवर्ष उत्पादन कम भएकाले नेपालका साथै भारतबाट समेत कुचोको माग बढिरहेको उनको भनाइ छ । नेपालबाट ठूलो परिमाणमा अम्रिसो भारतमा खपत हुनेगरेको छ । यसैले पनि यस वर्ष कुचोको माग बढी रहेकाले भाउ अझै बढ्नसक्ने उनको अनुमान छ । कुचोको प्रयोग घर बढार्नका लागि मात्र भए पनि अनिवार्य वस्तुमा पर्छ ।
ग्रामीण भेगमा घाँसको रूपमा प्रयोग हुने अम्रिसोको फल नै कुचो हो । यो समय कुचो थुत्ने समय हो । थुतेको कुचो करिब तीन दिन सुकाएपछि बिक्री गर्न सकिने किसानको भनाइ छ । देशभित्र पनि कुचोको खपत हुन्छ । तर उल्लेखीय भाउ पाउने आसमा किसानले बाहिर निकासी गर्ने गरेका छन् । रोपेको दुई वर्षदेखि नै घाँससँगै कुचो उत्पादन हुनको साथै यसको हेरचाह गर्न पनि खासै मिहिनेत गर्नु नपर्ने भएकाले पनि किसानले धेरै मात्रामा अम्रिसो खेती गर्छन् । दोलखामा सबैभन्दा बढी अम्रिसो खेती बैतेश्वर र तामाकोसी गाउँपालिकामा गरिएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- पहाड र तराईका केही स्थानमा हुस्सु, बाँकी भागमा मौसम सफा
- यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया