निगमले एसिडपीडितलाई एक वर्षको रोजगारी दियो
काठमाडौं ।
नेपाल आयल निगमले एसिडपीडित दुई जना महिलालाई एक वर्षको रोजगारी प्रदान गरेको छ । निगमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत एसिड आक्रमणबाट पीडित बनेकी ओखलढुङ्गाकी पवित्रा कार्की र नवलपरासीकी वसन्ती परियारलाई रोजगारी दिएको हो ।
निगमले उनीहरुलाई जीवन निर्वाह खर्च उपलब्ध गराउने गरी गत पुस १६ गतेदेखि कामकाजमा लगाएको जनाएको छ । निगमका अनुसार एसिड पीडित दुवै जना निगमको सम्पर्कमा आएका थिए । उनीहरु दुवै जनाले कमजोर आर्थिक र शरीरमा तेजावको जलनका कारण अन्य शारीरिक कार्य गर्न असमर्थ रहेको र जीवन निर्वाह तथा नियमित औषधिको जोहो गर्न कठिनाइ भएको जानकारी गराएपछि निगमले योग्यताअनुसारको रोजगारीको व्यवस्था गरिदिएको जनाएको छ ।
एसिडपीडित दुवै जनालाई सामाजिकीकरणमा सहयोग पु-याई क्षमता विकास गर्नसक्ने अवसर जुटाइदिने तथा जीवनयापन औषधोपचारमा पुनरुत्थान र सामाजिक अन्तर्घुलन गराई निजको आत्मबल बढाई भविष्यमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ रोजगार प्रदान गरिएको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए । उनीहरुलाई न्यूनतम मासिक २० हजार रुपैयाँ पारिश्रमिक पाउने गरी कार्यालय सहयोगीको जिम्मेवारी दिइएको छ । एसिडपीडितलाई एक वर्षको करार गरेर काममा लगाइएको हो ।
निगमले पेट्रोलियम पदार्थको आयात, भण्डारण तथा बिक्रीवितरण व्यवस्थापनका अतिरिक्त संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध सामाजिक तथा कल्याणकारी कार्य गर्दै आइरहेको जनाएको छ । निगमले कोभिड–१९ रोकथाम तथा उपचार कोषमा ५० करोड रुपैयाँ सहयोग गरेको थियो ।
यस्तै निगमले खोटाङको हलेसी मन्दिरमा धर्मशाला निर्माण, लकडाउनका समयमा अपाङ्गता भएका तथा बेसहारा व्यक्ति, बालगृह, वृद्धाश्रमलगायतलाई एलपी ग्यासको सिलिन्डर उपलब्ध गराएर सामाजिक उत्तरदायित्वअन्तर्गत सेवा पु-याएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया