Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआईएमई पेको नयाँ एप प्रयोगमा

आईएमई पेको नयाँ एप प्रयोगमा


काठमाडौं ।
आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आईएमई पे’ एप नयाँ सुविधासहित अद्यावधिक गरिएको छ । अद्यावधिक एप इन्टरफेस हुनुका साथै थप सेवाग्राहीमैत्री बनाइएको छ । विज्ञान र प्रविधिको अभूतपूर्व विकाससँगै आम सेवाग्राहीहरूको सयमानुकूलको मागलाई सम्बोधन गर्नेगरी आईएमई पे एपलाई अहिलेसम्मकै सबैभन्दा राम्रो भर्सनमा डिजाइन गरिएको छ ।

कम्पनीका अनुसार एपलाई प्रयोगकर्तामैत्री बनाउन युआइसहित थप सेवा सुविधाहरुलाई परिभाषित गरिएको छ । चुस्त कार्यप्रणाली, सेवाक्षेत्रको स्पष्टता र पहुँचमा सुनिश्चितता जस्ता मुख्य मुख्य उद्देश्यहरुलाई एपको नयाँ डिजाइनमा विशेष ध्यान दिइएकोले यो एपको प्रयोग सबै डिजिटल वालेट प्रयोगकर्ताहरूको रोजाइमा पर्ने विश्वास कम्पनीले लिएको छ ।

कम्पनीका अनुसार बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेको जनसंख्यालाई फाइनान्सियल सेवा उपलब्ध गराउनु आईएमई पे वालेटको मुख्य उद्देश्य हो । देशको जुनसुकै भूगोल विशेषतः ग्रामीण क्षेत्र जहाँको ठूलो जनसंख्या बैंकिङ्ग पहुँचभन्दा बाहिर रहन वाध्य छ त्यसलाई फाइनान्सियल सेवामा आकर्षित गर्न सुपर वालेटमा जम्मा हुँदै आएको पैसामा ब्याजको अवधारणा अघि सारेको छ । सामान्यतयाः आईएमई पे वालेटमा कम्तीमा एक हजार नेपाली रुपैयाँ मैजुदा रहँदा उक्त वालेट स्वतः सुपर वालेटमा रुपान्तरण हुनेछ ।

आईएमई पेमा आबद्ध ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थामा रहेका खाता नम्बरमा ‘आईएमई पे’ एप प्रयोग गरी कारोबार गर्दा प्रतिकारोबार मात्र एक रुपैयाँबाट सेवाशूल्क शुरू हुनेछ । आईएमई पेको मातृसंस्था आईएमईका देशभर रहेको एजेण्टबाट आईएमई एपमा भएको पैसा भुक्तान लिँदा महिनामा एकपटक निःशुल्क हुनेछ । यो सेवा देशभरका जुनसुकै आईएमई एजेण्टमा उपलब्ध हुनेछ ।

यो सेवासँगै देशभरका कुनाकाप्चामा मानव एटीएमको सेवा उपलब्ध हुने विश्वास कम्पनीले लिएको छ । साथै कम्पनीले टपअपमा पाँच प्रतिशत क्यास ब्याक दिने भएको छ । आईएमई पेले अंग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर आईएमई पेमा दर्ता भएको आफ्नै मोबाइल नम्बरमा टपअप गर्दा पाँच प्रतिशत क्यास ब्याकको सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया