Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहिरो मोटोकर्पले कुल सञ्चित १० करोड उत्पादनको कोशेढुंगा पार ग-यो

हिरो मोटोकर्पले कुल सञ्चित १० करोड उत्पादनको कोशेढुंगा पार ग-यो


काठमाडौं ।
मोटरसाइकल र स्कुटरको विश्वको सबैभन्दा ठूलो निर्माता कम्पनी हिरो मोटोकर्पले कुल सञ्चित उत्पादनमा सय मिलियन (१० करोड) एकाइको महत्वपूर्ण कोशेढुंगा पार गरेको छ । यसै अवसरमा कम्पनीले १०० मिलियन बाइक, एक्स्ट्रिम १६०आर उत्तर भारतीय पहाडी राज्य उत्तराखण्डको हरिद्वारमा कम्पनीको निर्माण संयन्त्रबाट सार्वजनिक गरेको छ । हिरो मोटोकर्पले विश्वको सबैभन्दा ठूलो टु ह्विलर निर्माताको उपाधि कायम गरेको यो लगातार २०औँ वर्ष पनि हो ।

हिरो मोटोकर्पको यो कोशेढुंगाको उपलब्धि, कुल सञ्चित १० करोड (सय मिलियन)को उत्पादनको लक्ष्य हासिल भएको तीव्र विश्वव्यापी उपलब्धिमध्ये एक हो, जसमध्ये पाँच करोड (५० मिलियन) एकाइ केवल सात वर्षको अवधिमा उत्पादन भएका हुन् । दिगो वृद्धिमा केन्द्रित रहेको हिरो मोटोकर्पले विश्वभरिका समुदायका लागि मूल्य निर्माणका साथै आफ्नोे बिक्री, अनुसन्धान र विकास (आरएन्डडी) र निर्माणको पारिस्थितिक प्रणाली (इकोसिस्टम)सँग आर्थिक गुणकको रूपमा काम गरिरहेको छ । यसले आफ्नो कार्यसञ्चालन हुने समाजको निरन्तर प्रगतिको दिशामा पनि निरन्तर काम गर्दै आएको कम्पनीको भनाइ छ ।

साथै कम्पनीका अध्यक्ष डा. पवन मुन्जालले दिल्लीको गुडगाउँस्थित कम्पनीको निर्माण संयन्त्रमा छवटा नयाँ विशेष उत्सव संस्करण मोडेलहरूको समेत अनावरण गरेका छन् । छवटा उत्सव संस्करण मोडेलहरूमा मोटरसाइकलतर्फ स्प्लेन्डर प्लस, एक्स्ट्रिम १६०आर, प्यासन प्रो, ग्लामर तथा स्कुटरहरूतर्फ डेस्टिनी १२५, मास्ट्रो एज ११० सामेल छन्, जुन २०२१ को फेब्रुअरी महिनादेखि बिक्री हुनेछ । ग्राहक, डिलर, वितरक, लगानीकर्ता, आपूर्तिकर्ता (सप्लायर), कर्मचारी, ग्राहक र मिडियालगायत विश्व समुदायलाई सम्बोधन गर्दै डा. मुंजालले आगामी पाँच वर्षको लागि हिरो मोटोकर्पको योजना र दृष्टिकोणका रूपरेखा प्रस्तुत गरेका थिए ।

आगामी पञ्चवर्षीय योजनाको हिस्साका रूपमा, हिरो मोटोकर्पले हरेक वर्ष १० भन्दा बढी उत्पादनहरू भेरियन्ट्स (नयाँ वर्ग), रिफ्रेस (पुनर्ताजा) र अपग्रेड (स्तरोन्नति) सहित ल्याउने उनले बताए । हिरो मोटोकर्पले आफ्ना हरित सुविधा र इन्धन–कुशल (फ्युल इफिसेन्ट) उत्पादनहरूका माध्यमबाट आफ्नो कार्बन फुटप्रिन्ट निरन्तर कम गर्दै लाने कम्पनीको भनाइ छ । कम्पनीले आन्तरिक कार्यक्रमहरू र बृहत् बाह्य इकोसिस्टमलाई सहयोग दुवै माध्यमबाट नयाँ मोबिलिटी उपायहरूको प्रसारका दिशामा पनि कार्य जारी राख्ने बताइएको छ ।

भारतको नयाँ दिल्लीमा केन्द्रीय कार्यालय रहेको हिरो मोटोकर्प, एक वर्षमा एकल कम्पनीले बेचेका एकाइका आधारमा विश्वको मोटरसाइकल र स्कुटरको सबैभन्दा ठूलो निर्माता हो, यो स्थान लगातार २० वर्षदेखि कायम छ । कम्पनीले सुरुवातदेखि कुल सञ्चित १० करोड (सय मिलियन)भन्दा अधिक मोटरसाइकल र स्कुटर बिक्री गरेको छ ।

हिरो मोटोकर्पले हाल एसिया, अफ्रिका, मध्यपूर्व र दक्षिण र मध्य अमेरिकाभरि ४० भन्दा बढी देशहरूमा आफ्ना उत्पादनहरू बिक्री गर्दै आएको छ । हिरो मोटोकर्पसँग आठ अत्याधुनिक उत्पादन सुविधाहरू छन्, जसमध्ये भारतमा छ वटा र कोलम्बिया र बंगलादेशमा एक–एक वटा छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया