Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङद्वारा नेपालमा ग्यालेक्सी एस२१ सिरिजको प्रि–बुकिङ खुल्ला

सामसङद्वारा नेपालमा ग्यालेक्सी एस२१ सिरिजको प्रि–बुकिङ खुल्ला


काठमाडौं ।
सामसङले एस सिरिजअन्तर्गतका ग्यालेक्सी एस२१, एस२१ प्लस तथा एस२१ अल्ट्रा स्मार्टफोनहरुको नेपालमा प्रि–बुकिङ खुल्ला गरेको छ । नयाँ एस२१ सिरिजमा विभिन्न आकर्षक, आधुनिक डिजाइन, इपिक प्रो ग्रेड क्यामरा, भिडियो एवं हालसम्मकै शक्तिशाली प्रोसेसर राखिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ग्यालेक्सी एस२१ सिरिजले वास्तवमै एक नयाँ डिजाइन र बोल्ड नयाँ शैली प्रदान गरेर अरु स्मार्टफोनभन्दा पृथक् बन्नपुगेको छ । एस२१ सिरिजका तीनवटै स्मार्टफोनहरु आइकनिक डिजाइनको साथ बोल्ड एवं स्ट्राइकिङ एस्थेटिक्सको साथ उपलब्ध रहेको छ । यी फोनमा आँखालाई लोभ्याउने खालको नयाँ सिग्नेचर कलर, फान्टम भ्वोइलेट रंग समायोजन गरिएको छ ।

सबै नयाँ ग्यालक्सी एस२१ सिरिजले सामसङको क्यामरा हेरिटेजलाई प्रोग्रेड क्यामरा तथा भिडियो आविष्कारको साथ अगाडि बढाएको छ । ग्यालेक्सी एस२१ र ग्यालेक्सी एस२१ प्लस एआईद्वारा सञ्चालित ट्रिपल–लेन्स प्रो–ग्रेड क्यामेराको साथ उपलब्ध छ । एआई सञ्चालित क्यामेराले विषयवस्तुलाई सहज रूपमा आकलन गर्दछ र दृश्यअनुसार आफूलाई समायोजन गर्दछ । यो सुधारिएको स्पेस जुम फिचरको साथ पनि उपलब्ध छ, जुन हल्लिएको हातहरूको असरलाई न्यून गर्दछ र ३० गुणाको जुमको साथ स्पष्ट फोटो खिच्ने स्वतन्त्रता प्रदान गर्दछ ।

यस्तै एस२१ अल्ट्रा सबभन्दा उन्नत प्रोग्रेड क्यामेरा सिस्टमका साथ उपलब्ध छ । यसमा क्वाड रियर क्यामेरा (अल्ट्रा–वाइड, वाइड र डुअल टेलि–लेन्सहरू) उपलब्ध रहेको छ । जुन अपग्रेड गरिएको १०८ एमपी क्यामेरा साथ आउँछ, जसले ६४ गुणा स्पष्ट कलरहरुको साथ १२ विट एचडीआर फोटो तथा तीन गुणा वाइडर डाइनामिक रेन्जमा फोटो खिच्न सक्दछ । यस सिरिजमा अत्याधुनिक चिपसेट तथा स्पिड इफिसियन्सीको समायोजन गरिएको छ । यसले फाइभजी कनेक्सन तथा अन डिभाइस एआईलाई सपोर्ट गर्दछ ।

कम्पनीका अनुसार १२÷२५६ जीबी क्षमता भएको ग्यालेक्सी एस२१ अल्ट्राको मूल्य एक लाख ५४ हजार नौ सय ९९ रुपैयाँ, ८÷२५६ जीबी क्षमता भएको ग्यालेक्सी एस२१ प्लस र एस १ को मूल्य क्रमशः एक लाख २९ हजार नौ सय ९९ रुपैयाँ र १ लाख नौ हजार नौ सय ९९ रुपैयाँ रहेको छ । एस२१ अल्ट्रा दुईवटा कलर, एस२१ प्लस तीनवटा कलर र एस२१ दुई वटा कलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

सामसङले यी सेटहरुको प्रि बुकिङ्ग यही जनवरी २२ तारिखदेखि फेब्रुअरी ४ तारिखसम्म खुल्ला गरेको छ । जनवरी २२ तारिखदेखि नेपालभर रहेका मुख्य मोबाइल स्टोर, इकमर्स प्लाटफर्मजस्तै दराज, स्मार्ट डोको, सस्तोडिल, इ–सेवा आदिबाट गर्न सकिने सुविधा कम्पनीले मिलाएको छ । प्रि–बुकिङ्ग गर्ने ग्राहकहरुलाई सामसङले आकर्षक उपहार प्रदान गर्ने जानकारी समेत गरेको छ ।

एस२१ अल्ट्रा प्रिबुकरहरू निःशुल्क ग्यालेक्सी बुड्स प्रो, ट्याब ए८ वा ट्याब ए७ मा ७१ प्रतिशत छुट अथवा वाच थ्रीमा ७६ प्रतिशत छुट छनौट गर्न सक्नेछन् । यस्तै एस२१ प्लस प्रि–बुकरहरूले निःशुल्क ट्याब ए८ वा ग्यालेक्सी बुड्स प्रोमा ७६ प्रतिशत वा ट्याब ए७ मा ५४ प्रतिशत छुट अथवा वाच थ्रीमा ४५ प्रतिशत छुट छनौट गर्न सक्नेछन् । यसैगरी एस२१ का प्रि–बुकरहरूले ग्यालेक्सी बुड्स प्रोमा ६१ प्रतिशत छुट वा ट्याब ए८ मा ६९ प्रतिशत छुट वा ट्याब ए७ मा ४३ प्रतिशत छुट अथवा वाच थ्रीमा ३८ प्रतिशत छुट छनौट गर्न सक्नेछन् । यसबाहेक ग्यालक्सी एस२१ सिरिजका सबै प्रिअर्डर गर्ने ग्राहकहरू विशेष भाग्यशाली ड्रको लागि पनि योग्य हुनेछन् ।

यसअन्तर्गत प्रथम पुरस्कार टर्किस एयरलाइन्सबाट युरोपको राउन्ड ट्रिप । दोस्रो तथा तेस्रो पुरस्कार हिमालयन फ्रन्ट होटल वा वाटरफ्रन्ट रिसोर्टमा दुई जोडीले बस्न पाउनेछन् । चौथो पुरस्कारको लेट मी इनबाट १० हजार रुपैयाँ मूल्यबराबरको गिप्mट भाउचर, पाँचौँ पुरस्कारमा एक डिनर भाउचर दुई जनाले मेरियट होटलमा पाउनेछन् । साथै १० अतिरिक्त भाग्यशाली विजेताहरूले सामसङबाट तीन ग्यालक्सी स्मार्ट ट्यागको प्राप्त गर्नेछन् ।

यसैगरी कम्पनीले अनलाइन भुक्तानीको सुविधा उपलब्ध गरेको छ । यसअन्तर्गत पाँच हजार रुपैयाँ प्रिबुकिङ रकम विद्युतीय भुक्तानी माध्यमबाट भुक्तानी गर्न सक्दछन् । मोबाइल क्षेत्रमा पहिलोपटक सामसङले शून्य प्रतिशत ब्याजमा ईएमआई पेश गरेको छ । यस सुविधाअन्तर्गत कम्तीमा नौ हजार दुई सय रुपैयाँको १२ किस्ता ग्राहकले तिर्नुपर्नेछ ।

ईएमआई एनआईसी एसिया बैंक, एनआईबीएल, नबिल बैंक, सानिमा बैंक र ग्लोबल आईएमई बैंकमार्फत सामसङ ब्रान्ड स्टोरबाट लिन सकिन्छ । साथै ग्राहकहरूले अब आफ्नो पुरानो फोन एस२१ सिरिज फोनसँग साट्दा फोनको मूल्याङ्कनसहित तीन हजार रुपैयाँ अतिरिक्त लाभ लिन पाउनेछन् । यो सुविधा अर्को फोन र आईएमएस स्मार्टबाट लिन सकिन्छ । यस्तै एस२१ सिरिज प्रि–बुकिङ गर्दा ग्राहकहरूले एक वर्षको अवधिको लागि एकपटक ब्रेकेज बीमा पनि पाउँछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया