एनसेलले रिङ रोडको १०.२ किलोमिटर सडकखण्ड हरियाली बनाउने
काठमाडौं ।
एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत वन तथा भूसंरक्षण विभागसँगको सहकार्यमा कोटेश्वरदेखि कलंकी सडकखण्डको ग्रिनबेल्ट क्षेत्रमा हरियाली निर्माण गरी संरक्षण गर्ने भएको छ । झण्डै १०.२ किलोमिटर दूरी रहेको यस सडक खण्डको हरियाली विकास तथा संरक्षण गर्दै एनसेलले वातावरण संरक्षणमा योगदान पु-याउने उद्देश्य लिएको छ ।
एनसेलले कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रिनबेल्ट क्षेत्रमा ल्याण्डस्केपिङसहित हरियाली निर्माण र संरक्षणको काम गरिरहेको छ । साथै एकान्तकुनादेखि बल्खु सडकखण्डका ग्रिनबेल्ट क्षेत्रमा नमूनाका रुपमा हरियाली निर्माण गर्ने कार्य सम्पन्न गरिसकेको कम्पनीले जनाएको छ । यस ग्रिनबेल्ट क्षेत्रलाई एक उदाहरणीय हरित क्षेत्रको रुपमा विकास गरी यस क्षेत्रको संरक्षण गर्ने उद्देश्य एनसेलले लिएको छ ।
यसअघि एनसेलले कोटेश्वरदेखि कलंकी सडकखण्डमा वृक्षरोपणका लागि पनि सहयोग गरेको थियो । हरियाली विकासका साथै एनसेलले पाँच वर्षसम्म यो खण्डमा रहेका छ हजारभन्दा बढी रुख बिरुवाको हेरचाह गर्दै ग्रिनबेल्टको संरक्षणको काम पनि गर्नेछ । एनसेलले दीगो विकासका लक्ष्य (एसडीजी)अन्तर्गत शिक्षा तथा स्वास्थ्यका साथसाथै वातावरण संरक्षण तथा जलवायु (क्लाइमेट एक्सन) अन्तर्गतका पहलहरुलाई पनि प्राथमिकतामा राख्दै सामाजिक कार्यहरु गर्दै आएकोे छ । वातावरण संरक्षण पहलअन्तर्गत नै रही एनसेलले काठमाडौं महानगरपालिकामा एक हरित पार्क पनि निर्माण गर्दै छ ।
यसअघि एनसेलले धनुषाधाम संरक्षित वनको ३३ हेक्टर जमिनमा ५० हजार बोटबिरुवा वृक्षरोपण गरेको थियो । यसका साथै धनुषामा वृक्षरोपण र पर्यावरण संरक्षण तथा प्रवर्द्धनसम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गरेको थियो । यस पहलको सफल कार्यान्वयनपछि सरकारले धनुषाधाम संरक्षित वनलाई ‘खुल्ला चरिचरन तथा अनियमित कटानमुक्त क्षेत्र’ पनि घोषणा गरिसकेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया