बलेवा ।
बरेङ गाउँपालिका–२ हुग्दीशिरकी कमला शर्मा बिहान १० नबज्दै कुटोकोदालो समातेर काममा निस्किछिन् । एक महिनादेखि उनको काम स्थानीय सडकका नाली खन्ने, जाली भर्ने र ढुङ्गा बोक्ने हो । गाउँपालिकाले बेरोजगारको सूचीमा राखेर उनलाई एक महिनायताको कामले निकै राहत दिएको छ ।
उनका श्रीमान् पिताम्बर शर्मा धेरै काम गर्न सक्दैनन् । पहिले–पहिले गुल्मीको चोकाटे र शान्तिपुरबाट भारी बोकेर परिवार पालेका पिताम्बरको रोजगारी गाउँ–गाउँमा पुगेका सडकले खोसिदियो । भारी बोक्ने कामसमेत खोसिएपछि अर्कैको घरमा गोठालो, खेतालो गरेर छाक टार्दै आएको शर्मा परिवारमा यतिबेला गाउँपालिकाले दिएको रोजगारीले घर चलाउने आधार बनेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत शर्मा परिवारले एक सय दिनका लागि रोजगारी पाएको छ । गाउँपालिकाले तोकेको ठाउँमा काम गरेर हुने आम्दानीले एक वर्षको परिवार खर्च चलाउने योजना कमलाको परिवारको छ । कमलाले एक सय दिन काम गरेर वृद्ध श्रीमान् र चार छोराछोरीको खर्च चलाउने योजना बनाएकी छन् ।
वडा नं १ धुल्लु बाँस्कोटका नवीन आचार्य पनि त्यही काममा छन् । दुई वर्षअघि कतार पुगेर फर्किएका आचार्यको दैनिकी जंगलमा गाईभैँंसी चराउने थियो । एक महिनादेखि नियमित काममा जान थालेपछि उनको दैनिकी फेरिएको छ । ‘धेरथोर काम पाइएको छ, आम्दानी पनि हुने नै भयो’, उनले भने, ‘सामान्य घरखर्च चलाउने भए पनि आम्दानी गर्छु ।’ घाम तापेर दिन फाल्नुभन्दा सडकको मर्मत गर्ने काम भए पनि पाएकामा उनी खुशी छन् ।
आचार्य र शर्माजस्तै बरेङमा रोजगारी पाएका धेरैको जीवनमा परिवर्तन आएको छ । यहाँ घरायसी काम तथा खेताला लाग्दा आउने दैनिकी धेरै कम छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले उनीहरूलाई राहत दिएको हो । सो कार्यक्रमअन्तर्गत गाउँपालिकाले पहिलो चरणमा बेरोजगारलाई मर्मत सम्भारको काममा लगाएको छ ।
उनीहरूलाई न्यूनतम रोजगारी सुनिश्चित गर्न एवं सामुदायिक पूर्वाधारको विकासमार्फत नागरिकको जीवनयापनमा सुधार ल्याउन उक्त कार्यक्रमले सहयोग पुगेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । सिँचाइ कुलो, पदमार्ग, सडक नाली तथा तारजाली खेलकुद मैदान, विद्यालय पर्खाल निर्माण, सार्वजनिक शौचालय, चौतारी निर्माण, खानेपानी, पोखरी मर्मतजस्ता काममा बेरोजगारीको सूचीमा रहेकाले काम गरिरहेको रोजगार सेवा केन्द्र प्रमुख केशवराज क्षेत्री बताउँछन् ।
बरेङका पाँच वडामा एक हजार तीन सय ५४ सूचीकृत बेरोजगार छन् । उनीहरूमध्ये पहिलो चरणमा एक सय जनाले काम पाएका छन् । दुई सय जनाभन्दा बढीले अर्को चरणमा काम पाउने क्षेत्रीले बताए । गाउँपालिकाले पाँच वडामा १६ योजना छनोट गरेर काम गरिरहेको छ । निर्माण सामग्री नपाइने र ज्यालाका लागि मात्र भनेर पहिलो चरणमा बरेङलाई ५१ लाख ७० हजार रूपैयाँ र दोस्रो चरणमा एक करोड २० लाख रूपैयाँ सर्सत अनुदान रकम निकासा प्राप्त भएको छ । सोही रकमबाट कार्यक्रम सञ्चालन भइरहेको केन्द्रले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- वन मुद्दामा आरोपित भीआईपी व्यापारी धरौटीमा छुट्नुको रहस्य !
- बक्यौता उठाउन प्राधिकरणको नयाँ जुक्ति
- पहाड र तराईका केही स्थानमा हुस्सु, बाँकी भागमा मौसम सफा
- यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया