Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपठाओ नेपालद्वारा ग्राहकहरू र राइडरलाई बीमा प्रदान गर्न साझेदारीपत्रमा हस्ताक्षर

पठाओ नेपालद्वारा ग्राहकहरू र राइडरलाई बीमा प्रदान गर्न साझेदारीपत्रमा हस्ताक्षर


काठमाडौं ।
पठाओ नेपाल प्रालिले र राइडर/चालकहरूलाई बीमा सुविधा प्रदान गर्न एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ । उक्त साझेदारीअन्तर्गत राइडको क्रममा ग्राहक तथा राइडरहरूको दुर्घटनाका कारणले हुने मृत्यु, अपाङ्गताजस्तो अवस्थामा बढीमा पाँच लाख रुपैयाँसम्मको बीमा रकम प्राप्त गर्नेछन् ।

यसको साथै कुनै पनि ग्राहक तथा राइडर/चालकहरूले एक लाखसम्मको दुर्घटना उपचार बीमा पनि पाउनेछन् । यी दुवै सेवाहरू उपयोग गर्नका लागि सम्बन्धित व्यक्तिले दुर्घटना भएपश्चात् ३० दिनभित्र बीमा कम्पनीको नियमानुसार तोकिएको कागजातहरूसहित निवेदन गर्नुपर्दछ ।

पठाओ एप प्रयोग गर्ने कुनै पनि ग्राहक तथा राइडर÷चालकहरूले यो सुविधा लिन सक्नेछन् । पठाओले नेपालमा आधिकारिक रुपमा सन् २०१८ सेप्टेम्बर २५ देखि आफ्नो सेवा विस्तार गरेको हो । पठाओ काठमाडौंकै ठूलो तथा लोकप्रिय राइड–सेयरिङ सेवा प्रदायक एप हो । पठाओको दुईपाङ्ग्रे र चारपाङ्ग्रे राइड सेयरिङ सेवा छ । साथै यसले हालै फुड डेलिभरी सेवा पनि सुरु गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया