Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालएक महिनामा सय बढी फर्मलाई कारबाही

एक महिनामा सय बढी फर्मलाई कारबाही


काठमाडौं ।
एक महिनामा एक सयभन्दा बढी फर्म कारबाहीमा परेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अनुचित व्यापारिक कारोबार गरेको भन्दै गत पुस महिनामा मात्रै एक सय नौ फर्मलाई कारबाहीस्वरुप जरिवाना गरेको हो । काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा गरिएको बजार अनुगमनका क्रममा १३ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन गरिएको विभागका सूचना अधिकारी शिवराज सेढाईंले जानकारी दिए ।

उनका अनुसार एक महिनाको अवधिमा विभिन्न २८ विषयगत क्षेत्रका तीन सय ५१ फर्मको अनुगमन गरिएको थियो । तिनमा एक सय ६८ फर्मलाई तत्काल सुधार गर्न सामान्य निर्देशन दिइएको र एक लाख ३३ हजार रुपैयाँ बढीको म्याद सकिएका सामग्री नष्ट गरिएको विभागले जनाएको छ । यस्तै ६६ फर्मलाई स्पष्टीकरण सोधिएको तथा छ फर्मबाट नमूना संकलन गरिएको जनाइएको छ ।

एक महिनाको अवधिमा सबैभन्दा धेरै खाद्यान्न पसललाई कारबाही गरिएको सूचना अधिकारी सेढाईंले जानकारी दिए । उनका अनुसार एक सय छ खाद्यान्न पसलको अनुगमन गर्दा २७ फर्म अनुचित व्यापारिक कारोबारमा संलग्न भएको पाइएपछि कारबाही गर्दा ४४ लाख पाँच हजार रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी अनुगमन गरिएका खाद्यान्न फर्ममध्ये ६२ फर्मलाई सामान्य निर्देशन दिइएको, ५४ हजारबराबरको म्याद सकिएका खाद्यान्न नष्ट गरिएको र १६ फर्मलाई स्पष्टीकरण सोधिएको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया