सेनाद्वारा निकुञ्जलाई भरुवा बन्दुक हस्तान्तरण
काठमाडौं ।
नेपाली सेनाले विभिन्न राष्ट्रिय निकुञ्ज निकुञ्जहरूको मध्यवर्ती क्षेत्रबाट भरुवा बन्दुकहरू बरामद गरी हस्तान्तरण गरेको छ । सेना र निकुञ्ज कार्यालयका प्रतिनिधिसहितको संयुक्त पट्रोल टोलीले माघ ७ गतेदेखि ११ गतेसम्म स्थानीय जनप्रतिनिधिहरूको सहयोगमा भरुवा बन्दुकहरू बरामद गरी हस्तान्तरण गरेको हो ।
सेनाले २५ नाल भरुवा बन्दुक शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको छ । सेनाका अनुसार ७ गते जगदुल्ला गाउँपालिकाबाट स्थानीय जनप्रतिनिधिको रोहवरमा १६ नाल भरुवा बन्दुक बुझेको थियो भने ११ गते सोही गाउँपालिकाको सिम्लौना भन्ने स्थानमा रहेको गोठमा सर्च गर्दा दुई नाल थप भरुवा बन्दुक फेला परेको थियो ।
यस्तै सोही दिन डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष, मध्यवर्ती अध्यक्ष तथा स्थानीयको रोहवरमा पुनः थप सात नाल भरुवा बन्दुक बुझेको थियो । यसैगरी ११ गते नै बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत दाङ जिल्ला बबई गाउँपालिका १ को खयरखुट्टीस्थित स्थानीय व्यक्तिको घरबाट समेत एक नाल भरुवा बन्दुक बरामद गरी बाँके राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको नेपाली सेनाले जनाएको छ ।
स्थानीय जनप्रतिनिधिहरूको सहयोगमा भरुवा बन्दुकजस्ता हातहतियारहरू सरकारी निकायलाई हस्तान्तरण गर्नु अति नै प्रशंसनीय कार्य रहेको र यसबाट स्थानीयवासीहरू सचेत हुँदै गएको एवं निकुञ्ज सुरक्षा प्रशासनको विश्वसनीयता बढ्दै गएको सेनाको भनाइ छ । यसप्रकारका पहलकदमीले निकुञ्ज तथा आसपास इलाकामा हुनेगरेका चोरी शिकारी तथा अवैध गतिविधि नियन्त्रणमा आउने विस्वास लिइएको नेपाली सेनाले बताएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- बक्यौता उठाउन प्राधिकरणको नयाँ जुक्ति
- पहाड र तराईका केही स्थानमा हुस्सु, बाँकी भागमा मौसम सफा
- यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया