Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबारामा एक दिने निःशुल्क स्वास्थ्यशिविर सञ्चालन

बारामा एक दिने निःशुल्क स्वास्थ्यशिविर सञ्चालन


काठमाडौं ।
नेपाली सेनाले बारामा एकदिने निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरेको छ । नागरिक सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आइतबार सेनाले बाराको सिम्रौनगढ नगरपालिका–५ उचिडी स्वास्थ्य चौकीको प्राङ्गणमा निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरेको हो । कोभिड–१९ का कारण स्वास्थ्य सेवाबाट वञ्चित र तराई क्षेत्रमा जारी अत्यधिक चिसोको समयमा आर्थिक विपन्नताको कारण औषधि उपचार गराउन नपाएका सर्वसाधारणहरुलाई ओपीडी, दन्त सेवा, ईसीजी, आँखा उपचार, ईएनटीलगायतका सेवाहरु तथा निःशुल्क औषधि वितरण गरिएको सेनाले जनाएको छ ।

उक्त स्वास्थ्यशिविरबाट दुई सय ७५ जना महिला, एक सय ८३ जना पुरुष र एक सय ३९ जना बालबालिका गरी पाँच सय ९७ जना सर्वसाधारणहरु लाभान्वित भएको नेपाली सेनाले जनाएको छ । उक्त शिविर मध्यपृतना हेडक्वार्टर तथा २८ नम्बर बाहिनी अड्डाको संयोजकत्वमा २८ नम्बर फिल्ड एम्बुलेन्स गुल्म, प्रतिविद्रोह तथा जंगल वारफेयर तालिम शिक्षालय र चन्दननाथ गणका स्वास्थ्यकर्मीहरुको टोलीले सञ्चालन गरेको हो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया