कोभिडविरुद्धको खोप सेवा सञ्चालनको तयारी पूरा
कञ्चनपुर ।
कञ्चनपुरमा कोभिडविरुद्धको खोप सेवा सञ्चालनको तयारी पूरा भएको छ । प्रथम चरणमा महाकाली अस्पतालमा कोभिड खोप केन्द्र स्थापना गरी आज बुधबारदेखि कोभिड खोप सेवा सञ्चालन गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए ।
उनका अनुसार पहिलो चरणमा खोप सेवा सञ्चालनको लागि महाकाली अस्पतालमा तीन जना खोप प्रदान गर्ने स्वास्थ्यकर्मी, दुई जना सरसफाइकर्मी र एक जना चिकित्सकलाई अभिमुखीकरण गरी तयारी अवस्थामा राखिएको छ । पहिलो चरणमा प्रचलित ऐन कानुनबमोजिम सूचीकृत भएका एवं सबै प्रकारका स्वास्थ्य संस्थामा कार्यरत कोभिड १९ व्यवस्थापनमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिडको संक्रमणबाट मृत्यु भएका शवहरुको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई खोप लगाइने भएको छ ।
उक्त व्यक्तिहरुको विवरण तोकिएको ढाँचामा इन्फर्मेसन मेनेजमेन्ट युनिटमा सम्बन्धित निकायहरुले अद्यावधिक गर्ने कार्य गरी आईएफयु अद्यावधिक गरी खोप कार्ड प्राप्त गरेकाहरुलाई मात्र खोप लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी महतोले जानकारी दिए ।
प्रजिअ महतोको संयोजकत्वमा सोमबार बसेको जिल्ला कोभिड खोप समन्वय तथा अनुगमन समितिको बैठकले कञ्चनपुर जिल्लामा कोभिडविरुद्धको खोप प्राप्त भएपछि खोपको भण्डारण र आवश्यक सुरक्षा प्रबन्ध स्वास्थ्य कार्यालय र महाकाली अस्पतालले समन्वय गरी गर्ने निर्णय गरेको थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- बक्यौता उठाउन प्राधिकरणको नयाँ जुक्ति
- पहाड र तराईका केही स्थानमा हुस्सु, बाँकी भागमा मौसम सफा
- यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया