Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआईएमई पे र इन्द्रपुर खानेपानीबीच सम्झौता

आईएमई पे र इन्द्रपुर खानेपानीबीच सम्झौता


काठमाडौं ।
‘आईएमई पे’ र विराटचोक मोरङ्गस्थित इन्द्रपुर साना सहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिबीच सम्झौता भएको छ । सम्झौताअनुसार उक्त क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महसुल आईएमई पे वालेटमार्फत भुक्तान गर्न सक्नेछन् । सम्झौतापत्रमा ‘आईएमई पे’का तर्फबाट अधिकृत भवानी प्याकुरेल र इन्द्रपुर खानेपानीका सञ्चालक सुजता चौलागाईंले हस्ताक्षर गरेका थिए । यस सम्झौताबाट छ हजार घरधूरी लाभान्वित हुनेछ ।

आईएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ । यसको मद्दतबाट सेवाग्राही आफैँले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्नेछन् । आईएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपालीलगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु-याउने लक्ष्य लिएको छ । मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध रहेको कम्पनीको
भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया