काठमाडौं ।
बैंकिङ क्षेत्रमा अल्पकालीन अवधिको लागि एक आपसमा हुुने कारोबार अर्थात् अन्तरबैंक कारोबार रकम घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पाँच महिनामा २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १९ वटा विकास बैंक र २१ वटा फाइनान्स कम्पनीहरुले कुल दुुई खर्ब सात अर्ब नौ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् । यस अवधिमा वाणिज्य बैंकहरुले मात्र एक खर्ब २८ अर्ब ५३ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् भने विकास बैंक र फाइनान्स कम्पनीहरुले कुल ७८ अर्ब ५६ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा भने बैंक तथा फाइनान्स कम्पनीहरुले कुुल आठ खर्ब ७२ अर्ब पाँच करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए । जसमध्ये वाणिज्य बैंकहरुले मात्र सात खर्ब ९७ अर्ब ९० करोडको रुपैयाँको कारोबार गरेका थिए भने विकास बैंक र फाइनान्स कम्पनीहरुले ७४ अर्ब १६ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए ।
राष्ट्र बैंकका अनुसार २०७६ मंसिरमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर एक दशमलव ६४ प्रतिशत रहेकोमा २०७७ मंसिरमा शून्य दशमलव ६० प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७६ मंसिरमा शून्य दशमलव ७८ प्रतिशत रहेकोमा २०७७ मंसिरमा शून्य दशमलव १० प्रतिशत कायम भएको छ ।
मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०७७ मंसिरमा शून्य दशमलव १३ प्रतिशत कायम भएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको औसत आधार दर २०७६ मंसिरमा नौ दशमलव ४६ प्रतिशत रहेकोमा २०७७ मंसिरमा सात दशमलव ३६ प्रतिशत कायम भएको छ । २०७७ मंसिरमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर पाँच दशमलव १४ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर नौ दशमलव ३७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्ता दरहरु क्रमशः छ दशमलव ८० प्रतिशत र ११ दशमलव ९३ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
क्युुआर कोडको लागि राय दिन आह्वान
नेपाल राष्ट्र बैंकले क्युुआर कोडको लागि राय/सुझाव पेश गर्न बैंक तथा फाइनान्स कम्पनीहरुलाई आग्रह गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले क्युआर कोडमा आधारित भुक्तानीलाई थप प्रभावकारी बनाई प्रवर्द्धन तथा नियमन गर्नको लागि तयार गरिएको स्ट्यान्डर्ड अफ क्विक रेस्पोन्स (क्युआर) कोड, क्युआर स्पेसिफिकेसन तथा नेपाल क्युआर फ्रेमवर्क एण्ड गाइडलाइनको मस्यौदामाथि छलफलको लागि राय/सुझाव पेस गर्न आह्वान गरेको हो । विभागका अनुसार यही माघ १४ गते बुधबारको मितिले ३० दिनभित्र बैंक तथा फाइनान्स एवं सरोकारवाला अन्य निकायहरुले क्युआर कोडसम्बन्धी राय/सुझाव पेस गर्नुपर्नेछ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
- म्याग्दीमा करिब तीन हजार उद्योग
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया