Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकोरोनाको प्रभाव : आर्थिक वर्षको ६ महिनामा करिब १६ करोड मात्र राजस्व संकलन

कोरोनाको प्रभाव : आर्थिक वर्षको ६ महिनामा करिब १६ करोड मात्र राजस्व संकलन


सोलुखुम्बु ।
कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुमा चालू आर्थिक वर्षको ६ महिनामा करिब १६ करोडबराबरको राजस्व संङकलन गरेको छ । चालू आर्थिक वर्ष २०७७/०७८ को साउनदेखि पुस मसान्तसम्म जिल्लाका विभिन्न कार्यालयहरूले १५ करोड ९३ लाख ६० हजार पाँच सय ३५ रुपैयाँ राजस्व संकलन गरेको कोष तथा लेखा नियन्त्रकको कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी नवीन राईका अनुसार कोष तथा लेखा नियन्त्रकको कार्यालयले यो समयमा सबैभन्दा बढी १४ करोड चार लाख ५५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै जिल्ला हुलाक कार्यालय सोलुखुम्बुले १५ लाख चार हजार रुपैयाँ, जिल्ला अदालत सोलुखुम्बुले २६ लाख पाँच हजार एक सय नौ रुपैयाँ, जिल्ला प्रसाशन कार्यालय सोलुखुम्बुले १८ लाख ३५ हजार रुपैयाँ र करदाता कार्यलय लुक्लाले ७८ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले जनाएको छ । कार्यालयले गत वर्षको सोही अवधिमा २६ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

चालू आर्थिक वर्षको अर्धवार्षिक अवधिमा पर्यटन रोयल्टीमार्फत १५ लाख ९८ हजार दुई रुपैयाँ मात्र संकलन भएको कार्यालयले जनाएको छ । यस वर्ष कोरोना भाइरसका कारण पर्यटन व्यवसाय ठप्प हुँदा राजस्व संकलनमा भारी गिरावट आएको सूचना अधिकारी राईको भनाइ छ । गतवर्ष सोही समयमा पर्यटन रोयल्टीबाट मात्रै सात करोड ३७ लाख ५० हजार पाँच सय ७१ रुपैयाँ राजस्व संकलन भएको थियो । आम्दानीको मुख्य स्रोत पर्यटन रहेको खुम्बु क्षेत्र कोरोनाले निकै नै प्रभावित हुँदा राजस्व संकलनमा गिरावट आएको हो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया