विद्यालय व्यवस्थापन समितिको चुनाव हारेको झोकमा एक युवाको खुँडा हानी हत्या
बझाङ ।
जिल्लाको छबिस पाथिभेरा गाउँपालिकाको बान्नीचौर माध्यामिक विद्यालय व्यवस्थापन समितिको चुनाव हारेको झोकमा वडाध्यक्षसहितको टोलीले एक युवाको हत्या गरेका छन् । गाउँपालिका वडा न ३ बस्ने वर्ष २५ वर्षीय अमृत (लखन) सिंहलाई उनीहरूले मंगलबार राति ८ बजेको समयमा विद्यालयबाट घर जाँदै गरेको अवस्थामा धारिलो हतियार खुँडा प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो स्थानीय बान्नीचौर माविको विद्यालय व्यवस्थापन समिति निर्वाचनमा कांग्रेस समर्थक उम्मेदवार विजयी भएको झोँकमा नेकपा समर्थकहरूले सिंहमाथि खुँडा प्रहार गरेका थिए । सिंहको घटनास्थलमै मृत्यु भएको थियो । हत्यामा संलग्न भएको आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा छबिस पाथीभेरा–२ का वडाध्यक्ष विकास अयडी, सोही ठाउँका प्रकाश अयडी, केदार अयडी र ज्ञानबहादुर कठायत छन् । हत्याका क्रममा वडाध्यक्ष अयडी चढ्ने से१प ७६१ नम्बरको सरकारी मोटरसाइकल प्रयोग भएको प्रहरीले बताएको छ ।
प्रहरीले मंगलबार राति सदरमुकाम चैनपुरको एक होटलबाट उनलाई मोटरसाइकलसहित पक्राउ गरेको थियो । कठायतलाई स्थानीयले मंगलबार नै घटनास्थलबाट नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए । अर्का दुई आरोपी प्रकाश र केदारलाई थलारा गाउँपालिका–३, को जाम्बाँझ गाउँबाट बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रूपक खड्काले बताए । हत्यामा संलग्न रहेको आशंका गरिएका सबै पक्राउ परिसकेको जनाउँदै खड्काले थप अनुसन्धान भइरहेको बताए ।
यसैबीच हत्यारालाई कारबाहीको माग गर्दै सदरमुकाम चैनपुरमा प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले नाराजुलुस गर्दै सदरमुकामभित्र चल्ने यातायात समेत बन्द गराएका छन् । उनीहरूले जिल्ला प्रशासन कार्यालयको मूल गेटमा टायर बालेर हत्या अभियुक्तलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् । हत्या भएका २३ वर्षीय सिंह नेपाल तरुण दल छबिस पाथीभेरा गाउँपालिकाका सदस्य समेत हुन् । नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति पृथ्वीबहादुर सिंहले राजनीतिक आवरणमा हत्या भएको भन्दै संलग्नलाई उम्काउन प्रयास हुनसक्ने आशंका व्यक्त गरे । ‘सत्ता र शक्ति प्रयोग गरेर अपराधीलाई उम्काउने प्रयास हुन सक्छ । यसमा हामीले निरन्तर खबरदारी गर्नै पर्छ,’ उनले भने ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- वन मुद्दामा आरोपित भीआईपी व्यापारी धरौटीमा छुट्नुको रहस्य !
- बक्यौता उठाउन प्राधिकरणको नयाँ जुक्ति
- पहाड र तराईका केही स्थानमा हुस्सु, बाँकी भागमा मौसम सफा
- यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया