घर-कोठा भाडामा लिन र दिन सजिलो मोबाइल एप ‘रेन्टास्टिक’ सार्वजनिक
काठमाडौं ।
सहरी क्षेत्रहरुमा घर/कोठा भाडामा लिन–दिन हुने समस्याहरु अन्त्य गर्दै सजिलै मोबाइल एप्लिकेसनबाटै खोज्न सकिने भएको छ । सूचना प्रविधिमार्फत नवप्रवर्तन र सिर्जनशील उद्यमशीलताका सक्रिय युवा शरदचन्दले यो मोबाइल एप्लिकेसन निर्माण गरेका हुन् । रेन्टास्टिक एप मोबाइलको प्लोस्टोरमा गएर डाउनलोड गर्न सकिन्छ ।
‘रेन्टास्टिक’ नाम दिइएको यो एपले पहिलो चरणमा काठमाडौंमा भाडामा कोठा तथा फ्ल्याट खोज्न मद्दत गर्नेछ भने बिचौलियाहरुको ठगीबाट आम नागरिकलाई मुक्त गर्नेछ । ‘मैले काठमाडौंमा कोठा खोज्न धेरै दुःख पाएँ । फेसबुक ग्रुपमा आफू बस्नको लागि कोठा खोजिरहँदा मजस्तै अरू मान्छेहरू पनि कोठा वा फ्ल्याट खोज्न अप्ठ्यारोमा परेको थाहा पाएँ’, शरदले भने । यो एपमा बहालमा बस्न चाहनेले मात्र हैन घरमूलीहरूले पनि आफ्नो घर र कोठा भाडामा छ भन्दै विज्ञापन पोष्ट गर्न पाउँछन् ।
फेसबुक ग्रुपहरुबाट असुरक्षित सूचना पाइने र बिचौलियाहरुबाट ठगिने अवस्थाको यो एप्लिकेसनले अन्त्य गर्नेछ । आफूले चाहेको स्थानमा आफूलाई मन परेको र आवश्यकता भएको घर फिल्टर गरी खोज्न सकिनेछ । घरको ठेगाना, मासिक भाडा, कोठा वा फ्ल्याटको साइजअनुसार आफ्नो खोज सजिलो गर्न एपमा व्यवस्था गरिएको छ । धेरै जानकारी एपमै हुने हनाले फोन गरेर बुझ्न पनि जरुरी हुने छैन तर घरमूली र कोठा खोज्नेको बीच कुराकानी र जानकारी आदानप्रदान गर्न पनि एपबाट सजिलै गर्न सकिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया