Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफाइभजी : गेमिङ अनुभवमा क्रान्तिकारी परिवर्तन ल्याउने समय

फाइभजी : गेमिङ अनुभवमा क्रान्तिकारी परिवर्तन ल्याउने समय


काठमाडौं ।
साइबर–पंक २०७७ सार्वजनिकले हामीमाझ टाढाको भविष्यको झल्को प्रस्तुत गरेको छ । तर, गेमिङमा क्रान्तिकारी परिवर्तन आउने संकेतका साथै सो समय टाढा नभएको पनि फाइभजीले संकेत गरिरहेको छ । फाइभजी–इन्हेन्स्ड क्लाउड गेमिङले नयाँ गेमिङ कन्सोल्स वा हाई–एण्ड ग्राफिक्स कार्ड्स किन्नुपर्ने झञ्झटबाट मुक्ति दिनुका साथै, सहजै इन्टरनेटमा कनेक्टेड भई जहाँसुकै जुनसुकै समयमा गेमिङको मज्जा लिनसक्ने सुविधा उपलब्ध गराउनेछ ।

फाइभजी र क्लाउड गेमिङ : क्लाउड गेमिङले क्लाउडको ऊर्जामार्फत गेम सिन रेन्डर गरी हाम्रा उपकरणमा सहजै स्ट्रिम गर्ने कार्य गर्छ । यसले गर्दा विभिन्न गेमिङ प्ल्याटफर्मको छनोट गर्ने तथा महंगा कन्सोल्स किन्ने, अल्झिने तारहरुको झञ्झट तथा गेम डाउनलोड वा अपडेट हुँदा कुर्नुपर्ने समयलगायत झञ्झटबाट समेत छुट्कारा दिन्छ । लो लेटेन्सी फाइभजीले क्लाउड गेमिङमा तीव्रता प्रदान गर्नुका साथै सुरक्षित प्रतिक्रिया दिन्छ ।

लो लेटेन्सी नै त्यो प्रमुख फिचर हो, जसले फाइभजीलाई पछिल्ला पुस्ताका सेल्युलर नेटवर्कभन्दा सबल तुल्याउँछ । तर, लो लेटेन्सी र उच्च गति एउटै भने होइन । लो लेटेन्सीको अर्थ अनुरोध र प्रतिक्रियाबीच लाग्ने न्यूनतम समय हो । अधिकांश अत्याधुनिक गेममा हल्का ल्यागले पनि भर्चुअल जीवन र मृत्युको निक्र्योल गर्छ । भाग्यवश, फाइभजीले लेटेन्सीलाई १०एमएससम्म घटाउने क्षमता राख्छ ।

फाइभजीको साथमा गेमिङ गर्दा प्रतिक्रियाका लागि लाग्ने समयमा आउने न्यूनीकरणले वास्तवमै आफ्नै साथीहरुमाझ बसेर गेमिङको पूर्ण मज्जा लिएको अनुभूति हुन्छ । एमडब्ल्यूसी २०१९ मा सहभागीले ओप्पोको पहिलो फाइभजी फोन रेनो फाइभजीमा फाइभजी क्लाउड गेमिङको अनुभव लिने अवसर पाएका थिए । हतियारमा आधारित कम्ब्याट गेम सोलक्यालिबर ६ स्ट्राइक्स र काउण्टरएट्याकलगायत समयमा पनि विना कुनै रोकावट तथा ढिलाइ मज्जाले चलेको थियो ।

एआर/भीआरका साथमा नवप्रवर्तनात्मक गेमिङ अनुभव : एआर र भीआर पनि गेमिङ अनुभवका भुल्नै नसकिने पाटा हुन् । क्लाउड गेमिङमा झैँ एआर-भीआरका लागि आवश्यक सबै गणना क्लाउडमै गर्न सकिन्छ । बृहत्तर गेम्स, हाइपर रियालिस्टिक सिन्स र अन्तर्क्रियात्मक कन्टेन्टलगायतले डाटा ट्रान्समिसन, इन्टरनेटको गति न्यून विलम्बताको आवश्यकतालगायत चुनौती थपेको छ ।

विद्यमान डिजिटल पूर्वाधारले यी चुनौती झेल्नसक्ने अवस्था भने छैन । यी चुनौतीको समाधानका रुपमा फाइभजी वाइडब्याण्ड र लो लेटेन्सी हाम्रा सामुन्ने छन् । ओप्पो इन्नो डे २०२०मा एआर ग्लास २०२१ सार्वजनिक गरिँदा उपस्थितले एमओबीए–स्टाइल गेम र टावर डिफेन्स गेममार्फत अगुमेन्टेड रियालिटीको अनुभव गरेका थिए । फाइभजी कनेक्टिभिटीका साथमा भर्चुअलका साथमा रियालिटी सम्मिलित गेमहरु अझ रचनात्मक र विविधतापूर्ण हुनेछन् ।

ल्यागिङ जमानाको अन्त्य : फाइभजीले उपलब्ध गराउने न्यून विलम्ब सुविधामार्फत अपरेटिङ कक्षका तस्बिर तथा डाटाविना कुनै ढिलाइ ट्रान्समिसन गर्न सकिन्छ । यसले गर्दा सर्जरी सटिक भर पर्दो र थप सुरक्षित बनाउन सहयोग मिल्छ । विश्वभर यस प्रविधिको सहयोगमार्फत सफलरुपमा सर्जरीहरु सफलताका साथ सम्पन्न पनि भइसकेका छन् । यस प्रविधिको व्यापक प्रयोगले विकट क्षेत्रहरुमा उच्च गुणस्तरीय मेडिकल स्रोत पु-याउन सघाउ मिल्छ ।

यसको अर्को प्रयोग स्वचालित कारहरुमा पनि देख्न सकिनेछ । अहिलेसम्म ल्यागिङ र कमजोर प्रतिक्रिया समयका कारण अवधारणाका रुपमा सीमित रहेको यसलाई पनि फाइभजीले चाँडै सार्थकता प्रदान गर्ने सम्भावना प्रबल छ ।

फाइभजी लो लेटेन्सीले चलचित्रहरुमा देखिने फ्युचरिस्टिक सपनाझैँ लाग्ने अधिकांश सोचहरुलाई वास्तविकतामा बदल्न सघाउनेछ । लो लेटेन्सीका फाइदाहरु गेमिङ, रिमोट सर्जरी वा स्वचालित सवारीहरुमा मात्र सीमित छैनन् । ओप्पोका फाइभजी उपकरणहरुले समग्र नयाँ अनुभवहरु उपलब्ध गराउँदै फाइभजी इन्टरनेट अफ एक्स्पेरियन्सको जमानामा रोमाञ्चक र आरामदायिताको अनुभव प्रदान गर्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया