भारतीय बासमती चामल निर्यात ठप्प
कलकत्ता, पुस २१
अमेरिकी ड्रोन आक्रमणमा इरानी कुद्स सेनाका कमान्डर कासिम सुलेमानी मारिएपछि त्यसको असर भारतीय उद्योग क्षेत्रमा समेत परेको छ । सोही कारण भारतीय बासमती चामलको निर्यात ठप्प भएको भारतीय मिडियाले जनाएका छन् । नवभारत टाइम्सका अनुसार घरेलु व्यापार संगठन अल इन्डिया राइस एक्पोर्टर्स एसोसिएसनले खाडी क्षेत्रको अवस्था सामान्य नभएसम्मका लागि बासमती निर्यातमा रोक लगाएको छ । चामलमात्र हैन, भारतीय चियामा समेत यसको असर देखिने बताइएको छ । भारतले सन् २०१९ नोभेम्बरसम्म ५ करोड किलोग्राम चिया निर्यात गरेको थियो । त्यस्तै पछिल्लो आर्थिक वर्ष भारतले ३ खर्ब २८ अर्ब भारुको बासमती चामल निर्यात गरेको थियो । त्यसमा १ खर्ब भारु मूल्यको चामल इरान गएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया