बैंकिङ क्षेत्रको कुल कर्जा ३५ खर्ब १८ अर्ब नाघ्यो
कुल कर्जामध्ये औसतमा एक दशमलव ७३ प्रतिशत कर्जा निष्क्रिय
काठमाडौं ।
बैंकिङ क्षेत्रको कुल कर्जा रकम ३५ खर्ब १८ अर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १९ वटा विकास बैंक र २१ वटा फाइनान्स कम्पनीहरुले कुल ३५ खर्ब १८ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । उक्त परिमाणमा कर्जा प्रवाह गर्दा औसतमा एक दशमलव ७३ प्रतिशत कर्जा भने निष्क्रिय देखिएको राष्ट्र बैंकले जनाएको छ । यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप भने ४१ खर्ब ८० अर्ब ७१ करोड ७० लाख रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको मंसिर मसान्तसम्ममा वाणिज्य बैंकहरुले मात्र प्रवाह गरेको कुल कर्जा रकम भने ३१ खर्ब १९ अर्ब ९७ करोड ९० लाख रुपैयाँ रहेको छ । उक्त अवधिमा बैंकहरुको कुल निक्षेप भने ३७ खर्ब ११ अर्ब ४९ करोड ३० लाख रुपैयाँ रहेको छ । यस अवधिमा वाणिज्य बैंकहरुमा मात्र औसतमा एक दशमलव ६३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । विकास बैंकहरुले भने चालू आवको पुस मसान्तसम्ममा तीन खर्ब ८२ अर्ब ३९ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब २१ अर्ब ५३ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा एक दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरुले भने चालू आवको मंसिर मसान्तसम्ममा ९६ अर्ब ८२ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी ७६ अर्ब ९२ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा छ दशमलव २१ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या भने पाँच हजार आठ सय ७० पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरुको कुल शाखा संख्या चार हजार पाँच सय ८५, विकास बैंकहरुको एक हजार ३२ र फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या दुई सय ५३ वटा रहेको छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा फाइनान्स कम्पनीहरुको कुल एटीएम काउन्टरको संख्या भने चार हजार एक सय ९१ वटा पुगेको छ । सोमध्ये वाणिज्य बैंकहरुको मात्र एटीएम काउन्टरको संख्या तीन हजार आठ सय ३१ रहेको छ भने विकास बैंकहरुको मात्र एटीएम काउन्टरको संख्या तीन सय नौ र फाइनान्स कम्पनीहरुको कुल एटीएम काउन्टरको संख्या भने ५१ रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- म्याग्दीमा करिब तीन हजार उद्योग
- दोहोरो अंकले घट्यो नेप्से
- अनावश्यक खर्च कटौती गर्नुपर्छ: मुख्यमन्त्री कार्की
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया