सीमा नाका बन्द हुँदा स्थानीय बजार प्रवर्द्धनमा सहयोग
धन बहादुर जप्रेल
कञ्चनपुर ।
कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकी गएको चैतदेखि बन्द छ । कोरोना भाइरसको संक्रमणका कारण बन्द गरिएको सीमा नाका कहिले खुल्छ भन्ने पनि केही टुंगो छैन । सीमा नाका बन्द हुँदा यहाँको स्थानीय बजारको भने प्रवद्र्धन भएको छ । अरुबेला स–साना सामान किनमेल गर्न पनि महेन्द्रनगरबाट सीमावर्ती सहर बनबासा जाने नेपालीहरू सीमा बन्द भएपछि भने महेन्द्रनगर बजारमबाटै सामान किनमेल गरिरहेका छन् ।
घरमा चाहिने दैनिक खाद्यवस्तु नुन, चिनी, चियापत्ती, कपडा, तेल, दाल, चामल, सोडा, साबुनलगायत आवश्यक सामग्री ल्याउन नेपालीहरू भारतको सीमावर्ती सहर वनबासा धाउने गरेका थिए । सीमा खुलेको समयमा सुनसान हुने महेन्द्रनगर बजारमा यतिबेला चहलपहल बढेको छ । सीमा नाका बन्द हुँदा स्थानीय बजारले लय लिएको छ । महेन्द्रनगर बजारका किराना व्यवसायी भुवन भाटका अनुसार विगतको समयमा एक केजी चिनी किन्न भने पनि नेपाली ग्राहकहरू वनबासा जानेगरेका थिए । सीमा नाका बन्द भएपछि भने पहिले भारतीय कम्पनीको सामान खोज्दै भौतारिने नेपाली ग्राहक अहिले भने नेपाली उत्पादन खोज्दै आउने गरेका छन् ।
विगतमा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–९ खल्ला मछेट्टीदेखी पुनर्वास नगरपालिकाको डोकेबजारसम्म भारतीय सिमाना जोडिएको ठाउँबाट नेपालीहरू सीमावर्ती सहर भारतबाट घरायसी उपभोग्य सामान किन्दै आएका थिए । कोरोनाका कारण धेरै व्यापारी तथा व्यवासायीहरूलाई घाटा भएको अवस्था भए पनि भारतसँग जोडिएका नेपाली बजारका व्यवसायीलाई नाफा भएसँगै चहलपहल नै बढेको व्यवसायीको भनाइ छ ।
विगतमा भारतीय बजार प्रवर्द्धन हुँदा नेपाली बजार धराशायी हुनेगरेको थियो, अहिले भने नेपाली व्यवसायीको व्यवसाय राम्रै फस्टाएको छ । भारतबाट उत्पादन भएर आउने केही सामान नेपालमा पनि उत्पादन हुन थालेका छन् । व्यवसायी नन्दलाल भट्टले पनि विगतको भन्दा अहिले व्यापार बढेको बताउँछन् । अहिले स्थानीय बजार प्रवर्द्धन हुँदा नेपाली बजार भारतीय बजारजस्तो भएको उनले बताए ।
सीमा नाका बन्द हुँदा सीमावर्ती भारतीय बजार भने सुनसान भएका छन् । भारतीय बजार सुनसान भएपछि नेपाली बजारमा व्यवसायीको उत्साह समेत बढेको छ । यद्यपि भारतीय तरकारी फलफूल भने अहिले पनि आयात भइरहेको छ । भारतीय उत्पादनलाई रोक्न सक्यो भने नेपाली उत्पादनले राम्रो अवसर पाउने भट्ट बताउँछन् । उनका अनुसार कोरोनाले यहाँको बजारलाई उत्साह पनि दिएको छ ।
कोरोनाले दिएको उत्साह अवसरलाई व्यवहारमा उतार्न सक्यो भने नेपाली बजारको ठूलो भविष्य रहेको उनले बताए । व्यवसायी इन्द्र बमले पनि सीमा नाका बन्द हुँदा भारत जाने ७० प्रतिशत नेपाली ग्राहक रोकिएको बताए । भारतीय बजार बन्द हुँदा सरकारलाई पनि फाइदा भएको उनको भनाइ छ । सीमा नाका खोल्नुभन्दा केही समय अझ बन्द गरिए स्थानीय व्यापारमा भने स्थान पाउने अपेक्षा व्यवसायीको छ । सीमा नाका बन्दको प्रभाव केही परे पनि सामन्य रुपमा हेर्दा स्थानीय बजारलाई भने फाइदा भएको बमले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- बक्यौता उठाउन प्राधिकरणको नयाँ जुक्ति
- पहाड र तराईका केही स्थानमा हुस्सु, बाँकी भागमा मौसम सफा
- यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया