Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगवायुसेवा निगम र राष्ट्रिय वाणिज्य बैँकबीच सम्झौता

वायुसेवा निगम र राष्ट्रिय वाणिज्य बैँकबीच सम्झौता


काठमाडौं ।
नेपाल वायुसेवा निगम र राष्ट्रिय वाणिज्य बैंकबीच कर्मचारी सरल कर्जा कार्यविधि २०७७ कार्यान्वयनसम्बन्धी सम्झौता भएको छ । निर्धारित सेवा अवधि पूरा गरेका निगमका कर्मचारीहरुले सरल कर्जा प्राप्त गर्नसक्ने गरी बिहीबार उक्त सम्झौता गरिएको हो । सम्झौतामा निगमका महाप्रबन्धक डिम प्रकाश पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

तलबी बचत खाता सञ्चालनमा रहेका र निगममा पाँच वर्ष सेवा अवधि पूरा गरेका स्थायी कर्मचारीले निगमको सिफारिसमा विना धितो सरल कर्जा उपभोग गर्न पाउनेछन् भने सेवा अवधि तीन वर्षभन्दा कम भएका कर्मचारीलाई कर्जा प्रवाहसम्बन्धी विधि बैंकले तोकेबमोजिम हुनेछ ।

निगमको सिफारिसमा सरल कर्जा १५ लाख रुपैयाँसम्मको हुनेछ । सरल कर्जा सुविधा उपभोग गर्ने कर्मचारीले सेवा अवधि बाँकी छँदै राजीनामा गरेमा वा कुनै कारण सेवामा बहाल रहन अयोग्य भई सेवाबाट हटेमा बैंकलाई बुझाउन बाँकी रकम निगमका तर्फबाट निजले पाउने जुनसुकै रकमबाट कट्टा गरी बैंकलाई उपलब्ध गराइनेछ । कर्जाको ब्याजदर हाललाई आधारदर पाँच दशमलव ७४ प्रतिशतमा दुई प्रतिशत प्रिमियम थप गरी सात दशमलव ७४ प्रतिशत रहनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया