Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइन्फिनिक्सद्वारा सस्तो मूल्यमा नोट ८ आई स्मार्टफोन सार्वजनिक

इन्फिनिक्सद्वारा सस्तो मूल्यमा नोट ८ आई स्मार्टफोन सार्वजनिक


काठमाडौं ।
इन्फिनिक्स मोबाइलले नयाँ प्रविधि र सुविधाहरूको साथ, प्रयोगकर्ताहरुलाई जम्मा २१ हजार चार सय १० रुपैयाँमा अविश्वसनीय गेमिङ र फोटोग्राफीको अनुभव प्रदान गर्ने नयाँ इन्फिनिक्स नोट ८ आई लिएर आएको छ । ग्राहकहरूले इन्फिनिक्स नोट ८ आई १५ माघ (२८ जनवरी) देखि दराजमार्फत प्रिबुक गर्न सक्नेछन् ।

अक्टाकोर हेलियो जी प्रोसेसर, मिडियाटेक हाइपर इन्जिन गेम टेक्नोलोजी, १५ वाट सुपर चार्ज, ५२०० एमएएच ब्याट्री, एन्ड्रोइड १० ओएस, ६.७८ ईन्च इन्फिनिटी ओ डिस्प्ले, ६ जीबी राम, १२८ जीबी रोम, अल्ट्रा नाइट भिजनका साथ सुसज्जित ४८ एमपीको क्वाडक्यामेरा सेटप, ८ एमपी फ्रन्ट शूटर र अरू धेरै सुविधाहरुका साथ् इन्फिनिक्स नोट आईले प्रयोगकर्ताहरुलाई एक उत्तम र किफायती स्मार्टफोन प्रदान गर्ने कम्पनीको भनाई छ । यसमा भएको जी ८० प्रोसेसरले फोनको भारी प्रयोग गर्दा पनि एकदमै दुरुस्त रेस्पन्स टाईम र ल्याग बिनाको अनुभव प्रदान गर्दछ ।

साथै मेडियाटेक हाइपर इन्जिन गेम टेक्नोलोजीले लगातार विद्युत् खपत, तापक्रम, र प्रयोगको ढाँचा मापन गर्ने भएकोले सीपीयू, जीपीयू र रामको व्यवस्थापनमा मद्दत गर्दछ । यसका साथै यसको वैज्ञानिक डिजाइन र बलियो बडी, र अल्ट्रानाइट भिजन भएको ४८ एमपीको क्वाडक्यामेरा सेटपले रातमा पनि सुन्दर तस्बिरहरू र हाइ रेजोलुसन भिडियोहरू खिच्न सम्भव बनाउँदछ । साथै, यसको पावर म्याराथन सुविधा, र ठूलो ब्याट्रीले, प्रयोगकर्ताहरूलाई लामो समय सम्म फोन प्रयोग गर्न मिल्ने र बारम्बार रिचार्ज गर्नु पर्ने समस्याबाट छुट्कारा दिलाई दिन्छ । यी सबै सुविधाहरु २२ हजार रुपैयाँ भन्दा कमको मूल्यमा पाइने कम्पनीको भनाइ छ ।

यस मूल्यमा अन्य कुनै स्मार्टफोनले त्यस्तो उल्लेखनीय सुविधाहरू र क्षमताहरू प्रदान नगर्ने कम्पनीको दाबी छ । इन्फिनिक्स नोट ८ आइ लाई ‘गेम चेन्जर’ फोन भनिन्छ । यसका निर्माताहरूका अनुसार यो स्मार्टफोन उनीहरूका लागि उत्तम हो जो किफायती मूल्यमा एकदमै सुलभ स्मार्टफोन खरिद गर्न चाहन्छन् । कम्पनीका अनुसार अब १५ माघ (२८ जनवरी) देखि २१ हजार चार सय ९० रुपैयाँको मूल्यमा दराज अनलाइन शपिङमार्फत यस स्मार्टफोन प्रिबुकिङ गर्न उपलब्ध हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया