वाणिज्य बैंकहरूले छ महिनामा कमाए ३१ अर्ब
काठमाडौं ।
सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको छ महिनाको अवधिमा ३१ अर्ब चार करोड ८२ लाख ३२ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । बैंकहरूले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरणअनुसार यो मुनाफा गत आवको सोही अवधिको तुलनामा भने केही कम हो । गत आवको सोही अवधिमा भने बैंकहरूको यस्तो नाफा ३१ अर्ब ३१ करोड १६ लाख ३६ हजार रुपैयाँ रहेको थियो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको दोस्रो त्रैमासिकमा सबैभन्दा बढी नाफा ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक र नबिल बैंकले कमाएका छन् । ग्लोबल आईएमई बैंकले दुई अर्ब ३१ करोड ५१ लाख १८ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा एनआईसी एसियाले दुई अर्ब छ करोड पाँच लाख ३७ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
गत आवको सोही अवधिमा यी बैंकहरूको नाफा क्रमशः एक अर्ब ६८ करोड ५९ लाख आठ हजार र दुई अर्ब एक करोड ६२ लाख २५ हजार रुपैयाँ रहेको थियो । नबिल बैंकले भने चालू आवको दोस्रो त्रैमासिकमा दुई अर्ब एक करोड ६० लाख २३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा नबिलको यस्तो नाफा दुई अर्ब चार करोड १८ लाख ६१ हजार रुपैयाँ रहेको थियो ।
प्राइम कमर्सियल बैंकले भने चालू आवको दोस्रो त्रैमासिकमा एक अर्ब ८१ करोड ३३ लाख २९ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब ७४ करोड ८८ लाख ५९ हजार रुपैयाँ कमाएको थियो । गत आवको सोही अवधिमा भने यी बैंकहरूको नाफा क्रमशः एक अर्ब ३० करोड सात लाख ८७ हजार दुई अर्ब २० करोड ९४ लाख ८२ हजार रुपैयाँ रहेको थियो ।
गत आवको दोस्रो त्रैमासिकमा एक अर्ब नौ करोड २७ लाख ८५ हजार रुपैयाँ खुद मुनाफा कमाएको एनएमबी बैंकले भने चालू आवको दोस्रो त्रैमासिकमा एक अर्ब ६१ करोड ३९ लाख ७३ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभुु बैंक र नेपाल बैंकले भने चालू आवको पछिल्लो अवधिमा क्रमशः एक अर्ब ५८ करोड ६६ लाख, एक अर्ब ५१ करोड ८६ लाख र एक अर्ब ३५ करोड चार लाख रुपैयाँ खुद मुनाफा कमाएका छन् ।
गत आवको सोही अवधिमा यी बैंकहरूको यस्तो नाफा क्रमशः एक अर्ब ६६ करोड ११ लाख, एक अर्ब आठ करोड ५७ लाख र एक अर्ब ३५ करोड २३ लाख रुपैयाँ रहेको थियो । कृषि विकास बैंक र मेगा बैंकको चालू आवको दोस्रो त्रैमासिक नाफा भने एक अर्ब ३२ करोड रुपैयाँको हाराहारीमा रहेको छ भने कुमारी बैंकको नाफा एक अर्ब २१ करोड रुपैयाँको हाराहारीमा रहेको छ । सानिमा बैंकले भने चालू आवको दोस्रो त्रैमासिकमा एक अर्ब छ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा सानिमाको यस्तो नाफा एक अर्ब १४ करोड रुपैयाँ रहेको थियो ।
चालू आवको दोस्रो त्रैमासिकमा सनराइज बैंक, नेपाल बंंगलादेश बैंक र सिद्धार्थ बैंकको चालू आवको दोस्रो त्रैमासिक नाफा भने ९० देखि ९५ करोडको बीचमा रहेको छ । सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी बैंकको चालू आवको दोस्रो त्रैमासिक नाफा ८० करोड रुपैयाँको हाराहारीमा रहँदा स्ट्यान्डर्ड चार्टर्ड र बैंक अफ काठमाण्डूको नाफा ७० करोड रुपैयाँको हाराहारीमा रहेको छ ।
यीबाहेक हिमालयन बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको चालू आवको दोस्रो त्रैमासिक नाफा ६१ देखि ६५ करोड रुपैैयाँको बीचमा रहेको छ भने नेपाल एसबीआई बैंकको नाफा ५१ करोड ४८ लाख रुपैयाँ रहेको छ । चालू आवको दोस्रो त्रैमासिक अवधिमा सेञ्चुरी कमर्सियल बैंकले भने ४६ करोड ६५ लाख रुपैयाँ खुद मुनाफा कमाउँदा सिभिल बैंकले २० करोड २८ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया