धनगढी ।
भारतसँग जोडिएका बैतडीको झुलाघाट नाका नेपाली पक्षले खुला गर्ने निर्णय गरेको भए पनि भारत भने असहमत देखिएको छ । सरकारले देशभरिका ३० नाका खोल्ने निर्णय गरेसँगै झुलाघाट नाका नेपाल पक्षबाट खुलेको छ । मन्त्रिपरिषद् निर्णयका आधारमा गृह मन्त्रालयले सीमा नाका खुला गर्ने निर्णय गरेको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।
नेपाली पक्षबाट पहिलादेखि नाकामा आवतजावत खुकुलो गर्न आग्रह गरिएको भए पनि भारतीय पक्षबाट भने त्यस्तो नभएको प्रमुख जिल्ला अधिकारी जोशीको भनाइ छ । ‘सरकारको निर्णयबमोजिम नेपाली पक्षको तर्फबाट झुलाघाट नाका खुला रहेको भए पनि भारतीय पक्ष अझै तयार भइसकेको छैन’, उनले भने, ‘यो विषयमा दुवै देशका स्थानीय प्रशासनबीच छलफल गर्छौं, सरकारले गरेको निर्णयअनसार भारतीय स्थानीय प्रशासनलाई पत्र पठाउने तयारी छ ।’
सरकारको निर्णय हुनुभन्दा पहिला पनि झुलाघाट नाका प्रत्येक हप्ताको सोमबार र शुक्रबार खोल्ने सहमति भए पनि पछिल्लो समयमा त्यो सहमति पनि कार्यान्वयन नभएकाले तत्कालै भारतीय पक्षले नाका खोल्ने नखोल्ने विषयमा जानकारी आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
सरकारले कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैतदेखि नेपाल–भारत सीमा नाका बन्द गरेको थियो । नाका खोल्ने निर्णय गरेसँगै सुदूरपश्चिमका पनि भारतसँग जोडिएका चार नाका खुलेका छन । बैतडीको झुलाघाट, दार्चुलाको खलंगा–पुलघाट, कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, नाका पूर्णरूपमा खुला गरिएको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- वन मुद्दामा आरोपित भीआईपी व्यापारी धरौटीमा छुट्नुको रहस्य !
- बक्यौता उठाउन प्राधिकरणको नयाँ जुक्ति
- पहाड र तराईका केही स्थानमा हुस्सु, बाँकी भागमा मौसम सफा
- यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया