नाडाद्वारा बुटवलमा कर, भन्सार तथा भीसीटीएसको प्रशिक्षण
काठमाडौं ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको पहलमा बुटवलमा एक दिने कर, भन्सार तथा भीसीटीएससम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ६९औँ विश्व भन्सार दिवसको अवसरमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको प्रमुख आतिथ्यमा सो प्रशिक्षण कार्यक्रम बुटवलमा सम्पन्न भएको हो ।
अटोमोबाइल व्यवसायीहरुले आफ्नो व्यवसाय सञ्चालन गर्ने क्रममा कर, भन्सार तथा भीसीटीएससम्बन्धी यावत् समस्याहरु भोग्दै आएको थिए । उक्त विषयका विद्यमान प्रणाली र यथार्थ जानकारी गराउने उद्देश्यले नाडाको संस्थागत सदस्य लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अनुरोधमा सो कार्यक्रम सम्पन्न गरिएको नाडाले जनाएको छ ।
सो कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले करसम्बज्धी यस्ता कार्यक्रमले व्यवसायीहरुलाई आवश्यक सूचना तथा जानकारीहरु प्राप्त हुने र व्यवसायीहरुलाई आफ्नो व्यवसाय विस्तार गर्न थप सहज समेत हुने बताए । उनले नाडाले विगतदेखि नै विभिन्न प्रदेशहरुमा यस्तो कार्यक्रमहरु सम्पन्न गर्दै आइरहेको जानकारी दिए । कार्यक्रममा लुम्बिनी अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष गणेश भट्टराईले नाडाले आफ्ना कार्यक्रमलाई केन्द्रमा मात्रै सीमित नराखी प्रदेशस्तरमा पनि सञ्चालन गरेको भन्दै प्रदेशस्तरमा समेत प्रशिक्षण कार्यक्रम गर्दा अटोमोबाइल्स व्यवसायीहरुको क्षमता अभिवृद्धिमा र करसम्बन्धी जिज्ञासा समाधानमा सहयोग पुगेको बताए ।
आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन उनले नाडालाई आग्रह समेत गरे । भैरहवा भन्सार कार्यालयका प्रमुख मणिराम पौडेल, आन्तरिक राजस्व कार्यालयका प्रमुख धु्रुव पाण्डे, राजस्व अनुसन्धान कार्यालयका प्रमुख राजनकुमार बीसी तथा मुख्य प्रशिक्षक साहिल अग्रवालले प्रशिक्षण दिएका थिए । कार्यक्रममा लुम्बिनी अटोमोवाइल्स एसोसिएसन अफ नेपालका कुल ५२ सदस्य कम्पनीहरुको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया