भूकम्पले ध्वस्त १२ वटा विद्यालयको पुनर्निर्माण
दोलखा ।
२०७२ साल वैशाख १२ र २९ गतेको गएको विनाशकारी भूकम्पले ध्वस्त भएका विद्यालयहरूको पुनर्निर्माणको काम धमाधम भइरहेको छ । साथै एसियाली विकास बैंक र सरकारको सहयोगमा निर्माण सुरु गरिएको १२ वटा विद्यालयको पुनर्निर्माणको काम भने सम्पन्न भएको छ ।एसियाली विकास बैंकको ७४ दशमलव ३ प्रतिशत ऋण र नेपाल सरकारअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा)को ७२ करोड आर्थिक सहयोगमा १२ वटा भवनको पुनर्निर्माण सम्पन्न भएको हो ।
निर्माणसम्पन्न हुने विद्यालयहरूमा कुटिडाँडा मावि मकैबारी, गौरीशंकर मावि विगु, महेन्द्रय मावि माटी, भिम मावि भेड्पु, महेन्द्र मावि च्यामा, भुमेस्थान मावि घ्याङ, बौद्ध भुवनेश्वरी मावि जिरीलगायतका रहेका छन् । सबै विद्यालयहरू आधुनिक अपाङ्गमैत्री सुविधासहित निर्माण गरिएको छ ।
निर्माण सम्पन्न विद्यालयका भवनहरू तीन कोठेदेखि २२ कोठेसम्म रहेको जिल्ला आयोजना कार्यान्वयन इकाइ दोलखाले जनाएको छ । नवनिर्मित विद्यालय भवनहरू डिजास्टर रिसाइलेन्स अफ स्कुल प्रोजेक्ट (डीआरएसपीआई) अन्तरर्गत पुनर्निर्माण गरिएको संस्थाका प्रोजेक्ट मेनेजर इन्जिनियर युधिष्ठिर केसीले जानकारी दिए । डिजाइन एण्ड सुपरभिजन कन्सलटेन्ट परामर्श सेवा एवं शर्मा स्वच्छन्द खानी जीभीले १२ वटै विद्यालयको भवन निर्माणको जिम्मा लिएको थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया