Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमाघ २१ गतेदेखि जुत्ता, चप्पल तथा व्यापार मेला

माघ २१ गतेदेखि जुत्ता, चप्पल तथा व्यापार मेला


काठमाडौं ।
माघ २१ गतेदेखि राजधानीमा जुत्ता, चप्पल तथा व्यापार मेला आयोजना हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले काठमाडौंको भृकुटीमण्डपमा उक्त मेलाको आयोजना गर्नलागेको हो । स्वदेशी उत्पादनको प्रवर्द्धन र विकासका निमित्त यस एसोसिएसनले हरेक वर्षझैँ यो वर्ष समेत जुत्ता तथा चप्पल व्यापार मेला गर्ने भएको हो ।

आम उपभोक्ताहरुको बीचमा आफ्ना उत्पादनहरु पु-याउने परिचित गराउने मुख्य उद्देश्यका साथ समग्र बिग्रिएको अर्थतन्त्रलाई चलायमान बनाउन र व्यापारिक र व्यावसायिक क्रियाकलापलाई सहज बनाउँदै लैजान मेलाको आयोजना गरिएको बताइएको छ ।

उक्त मेला फागुन १० गतेसम्म चल्नेछ । मेलाको बारेमा जानकारी दिन सोमबार आयोजित कार्यक्रममा एफम्यानका अध्यक्ष कृष्ण कुमार फुँयालले सुरक्षालाई ध्यानमा राखेर फुटवेयर बिजनेस एक्स्पो २०२१ आयोजना गर्न लागेको जानकारी दिए । यो एक्स्पोमा सबै नेपाली ब्राण्डलाई एकै छानामुनि समेटेर ल्याएको उनको भनाइ थियो ।

मेलामा नेपाली जुत्ता चप्पलप्रेमीहरुलाई एकै स्थानमा सबै ब्राण्डका जुत्ता चप्पल आकर्षक छुटका साथ उपलब्ध गराउने जमर्को गरेको उनले बताए । कार्यक्रममा एफम्यानका पूर्वअध्यक्ष होमनाथ उपाध्यायले विगत एक वर्षदेखि अर्थतन्त्र थलिएका कारण नेपाली ग्राहकको क्रयशक्तिमा आएको ह्रासलाई ध्यानमा राखेर फुटवेयर क्षेत्रलाई चलायमान बनाउँदै लैजाने उद्देश्यका साथ फुटवेयर एक्स्पो आयोजना गरेको जानकारी दिए ।

स्वदेशी वस्तुको पवर्द्धन हाम्रो अभियान भन्ने नाराका साथ सुरु हुनलागेको यो एक्स्पोमा ग्राहकले भारी छुटका साथ सामान खरिद गर्न पाउनेछन् ।  फुटवेयर एक्स्पो २०२१ मा नेपाली ब्राण्डहरु फिटराइट, ल्याण्डवाक, फ्रस्टवाक/आगास, कोशेली, रन, सुल्यान्ड, हाइलाइफ, क्रसरोड, रोयल सुज, बीएफ डियरहिल, गोल्डस्टार, बोस सुज, किम सुज, भेनस, फुट स्टेप, शिखर सुज, व्याम्बो सुज, पीजीलगायतका सहभागी छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया