सुनचाँदीमा मात्र बैंक तथा फाइनान्सको ३८ अर्ब २० करोड रुपैयाँ कर्जा
काठमाडौं ।
बैंक तथा फाइनान्स कम्पनीहरुले सुनचाँदी शीर्षकमा मात्र ३८ अर्ब २० करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १९ वटा विकास बैंक र २१ वटा फाइनान्स कम्पनीहरुले सुनचाँदी शीर्षकमा उक्त परिमाणमा कर्जा प्रवाह गरेका हुुन् ।
‘यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुले कुल ४१ खर्ब ९० अर्ब ७१ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी ३५ खर्ब १८ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए’, राष्ट्र बैंकले भनेको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले मात्र चालू आवको मंसिर मसान्तसम्ममा ३७ खर्ब ११ अर्ब ४९ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी ३१ खर्ब १९ अर्ब ९७ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । उक्त कर्जामध्ये सुनचाँदी धितोमा मात्र प्रवाह भएको कुल कर्जा रकम ३३ अर्ब ९१ करोड ७० लाख रुपैयाँ रहेको छ ।
विकास बैंकहरुले भने चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाको अवधिमा तीन खर्ब ८२ अर्ब ३९ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब २१ अर्ब ५३ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । उक्त कर्जामध्ये सुनचाँदी धितो शीर्षकमा मात्र प्रवाह भएको कुुल कर्जा रकम भने तीन अर्ब ३३ करोड २० लाख रुपैयाँ रहेको छ ।
राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरुले भने चालू आवको पछिल्लो पाँच महिनाको अवधिमा ९६ अर्ब ८२ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी ७६ अर्ब ९२ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सुनचाँदी धितोमा मात्र ९५ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया