Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगस्न्यापड्रागन प्रोसेसरसहितको सी–१५ रियलमी फोन सार्वजनिक

स्न्यापड्रागन प्रोसेसरसहितको सी–१५ रियलमी फोन सार्वजनिक


काठमाडौं ।
स्मार्टफोन ब्राण्ड रियलमीले क्वेलकम संस्करणको लेटेस्ट सी १५ मोबाइल फोन नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले अल्ट्रालंग ब्याट्री र उत्कृष्ट पर्फमेन्सका लागि थप फिचर्ससहित यस संस्करणको मोबाइललाई अझैँ मजबुत बनाएको छ ।

आकर्षक जियोमेट्रेटिक डिजाइनका साथ आठ कोरको स्न्यापड्रागन प्रोसेसर क्वेलकम फिचरले २० हजारसम्म मूल्य पर्ने स्मार्टफोन सेग्मेन्टमा यस मोबाइल फोनलाई अलग स्थानमा पु¥याएको कम्पनीको दाबी छ । यस मोबाइलमा उच्चतम स्क्रिन र बडीको अनुपात मिलेको ६.५ इन्चको एलसीडी फुलस्क्रिन डिस्प्ले, चारवटा लेन्ससहितको क्यामेराका साथ थप आकर्षक बनाइएको यो मोबाइल फोन विशेषगरी युवाहरुलाई लक्षित गरी डिजाइन गरिएको छ ।

रियलमी विश्वभरका ५० करोड स्मार्टफोन प्रयोगकर्ताको सूचीमा सातौँ स्थानमा पर्दछ । यो वर्तमान समयमा छोटो समयमै शानदार हस्तक्षेप जनाएको मोबाइल फोन ब्राण्ड हो । आफ्ना प्रयोगकर्ताको चाहनाअनुसार आफ्ना नयाँ संस्करणका मोबाइल फोनहरुको डिजाइन गर्दै गएको छ । यसकारण पनि ग्राहकहरु रियलमीका मोबाइल फोनप्रति आकर्षित छन् । सी सिरिजको मोबाइल फोनमा विश्वभरबाट राम्रो प्रतिक्रिया पाइराखेकाले कम्पनीले यस सिरिजलाई विशेष प्राथमिकतामा राखेर आफ्नो उत्पादनलाई वृद्धि गरिरहेको छ ।

उच्च पर्फमेन्स, एकपटकको चार्जले लामो समयसम्म टिक्ने पावरफुल ब्याट्री, डिजाइनलगायतका कारण यो मोबाइल फोन स्मार्टफोन प्रयोगकर्ताका लागि एकदमै राम्रो विकल्प भएको दाबी कम्पनीको छ । कम्पनीले सी १५ मोबाइल फोनलाई ४६० एसओसीको क्वेलकम स्न्यापड्रागन प्रोसेसरले द्रुत र शक्तिशाली बनाएको छ । आठ कोरको उक्त प्रोसेसरले १.८ गिगाहर्जसम्म दैनिक प्रयोग हुने एप अपरेसनभन्दा बाहिर पनि सधैँ काम गरिरहेको हुन्छ । कम पावरमा मोबाइलले ११ प्रोसेर टेक्नोलोजीमा काम गरिरहेको हुने भएकाले मोबाइलमा ह्याङ्ग हुने समस्या रहँदैन भने यसले मोबाइलको पर्फमेन्स पनि राम्रो बनाएको छ ।

मोबाइलको ग्राफिक प्रोसेसिङ युनिट (जीपीयु) निकै आकर्षक रहेको छ । क्वेलकम एड्रेनो ६१० जीपीयुले ग्राफिक प्रक्रियालाई अघिल्लो संस्करणको मोबाइल फोनभन्दा वृद्धि गरेको छ । यसका प्रयोगकर्ताले यस सिरिजको मोबाइल फोनमा पहिलोपटक आकर्षक क्यामेरा पफर्ममेन्स, राम्रो र सटिक लोकेसन ट्र्याकिङ, राम्रो कनेक्टिभिटीको पनि अनुभूति गर्न पाउनेछन् ।

मोबाइल फोनमा सबैभन्दा महत्वपूर्ण रहने ब्याट्रीको पर्फमेन्सलाई नजिकबाट बुझेर कम्पनीले ब्याट्रीलाई बढी टिकायु बनाउने प्रयास गरेको छ । कम्पनीले यस फोनमा विश्वमै पहिलोपटक १८ वाटमा तीव्र र पूर्ण चार्जिङ हुनसक्ने छ हजार एमएएच ब्याट्री राखेको छ । एकपटकको पूर्ण चार्जमा मोबाइलमा ४४ घण्टासम्म लगातार कल गर्न तथा २६.८ घण्टा युट्युब हेर्न सकिनेछ, सामान्यतया एकपटकको चार्जले ४८ दिनसम्म मोबाइल फोन चल्ने दाबी कम्पनीको छ । यसमा सुपर पावर सेभिङ मोड पनि राखिएको छ ।

यस्तै कम्पनीले मोबाइलमा ६.५ इन्चको मोबाइल ड्रप डिजाइनमा क्विड (चारवटा लेन्स) भएको क्यामेरा राखेको छ । ६.५ इन्चको स्क्रिनका कारण यसमा खिचिएको भिडियो एकदमै हेर्न उत्कृष्ट तथा मनमोहक छ । यस मोबाइल फोनबाट इन्टरनेट चलाउँदा होस् वा युट्युबमा भिडियो हेर्दा अथवा फोटोहरु हेर्दा शानदार दृश्य प्रभाव हुने कम्पनीको भनाइ छ । यस फोनमा पछाडिपट्टिको क्यामेरा १३ एमपीको छ, जसले उत्कृष्ट नाइटस्केप मोड, ११९ डिग्री अल्ट्रावाइड मोड, पोर्टेट मोड लगायतका सुविधाहरु प्रदान गरेको छ ।

यस्तै अगाडिपट्टि आठ एमपीको क्यामेरा राखिएकोमा यसले १०८० पीमा पूर्ण एचडी भिडियो रेकर्डको सुविधा प्रदान गरेको छ भने यसमा फोटो, एआई ब्युटीलगायतका सुविधा प्रदान गरेको छ । यस लगायत मोबाइलमा विभिन्न फिचर्सहरु प्रदान गरिएको छ । नीलो र सिल्भर कलर दुई विकल्पमा उपलब्ध यो मोबाइलको डिजाइनका क्रममा नीलो समुद्र तथा माथि उडिरहेको समुद्री चराजस्तो देखाउन खोजिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया