आयोगका नवनियुक्त पदाधिकारीहरूद्वारा पदभार ग्रहण
काठमाडौं ।
राष्ट्रिय मानव अधिकार आयोगका नवनियुक्त अध्यक्ष तप बहादुर मगर तथा सदस्यहरू डा. सूर्य ढुङ्गेल, मिहिर ठाकुर, मनोज दुवाडी र लिली थापाले पदभार ग्रहण गरेका छन् । यसअघि आयोगका नवनियुक्त अध्यक्ष मगरले राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणा समक्ष तथा सदस्यहरूले आयोगका अध्यक्षसमक्ष राष्ट्रपति भवन शीतलनिवासमा एक समारोहबीच सपथ ग्रहण गरेका थिए । संवैधानिक परिषद्ले नेपालको संविधानको धारा २४८ को उपधारा (२) बमोजिम आयोगको अध्यक्ष तथा सदस्यमा उनीहरूको नियुक्तिका लागि सिफारिस गरेको थियो ।
आयोगमा आयोजित पदभार ग्रहण कार्यक्रममा आयोगका अध्यक्ष तथा सदस्यहरूले मानव अधिकारको प्रभावकारी संरक्षण, सम्बद्र्धन तथा कार्यान्वयनको सुनिश्चितामा सक्रियतापूर्वक लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । पदबहालीपछि बसेको नवनियुक्त पदाधिकारीहरूको पहिलो वैठकले पदाधिकारीमा नियुक्तिका लागि सिफारिस गर्ने संवैधानिक परिषद् तथा नियुक्तिका लागि राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया