अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी कक्ष आवश्यक
काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मेला महोत्सवको लागि नेपालमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी कक्ष आवश्यक रहेको बताएका छन् । मेला महोत्सव मुलुकको अर्थतन्त्रको ऐना भएको बताउँदै उनले मुलुकको आर्थिक क्षमता देखाउने माध्यम नै यही भएको बताए ।
महासंघद्वारा गठित व्यापार मेला समिति विस्तार कार्यक्रममा बोल्दै उनले मेला महोत्सवले आर्थिक गतिविधि विस्तार, उत्पादन विविधीकरण र नवीनतम उद्यमशीलताको प्रवर्द्धनमा समेत सहयोग पु-याउने बताए । अहिले पनि दशकौँ पुरानो प्रदर्शनीस्थलमा मेला महोत्सव आयोजना गर्न बाध्य भएकाले मुलुकभित्र विश्वस्तरको प्रदर्शनी कक्षको खाँचो रहेको उनको भनाइ थियो । सरकार निजी क्षेत्रको साझेदारीमा यस्ता संरचना निर्माणका लागि पहल गर्न उनले समितिलाई सुझाव दिए । साथै उनले महासंघले आयोजना गर्ने मेला महोत्सवलाई कसरी अझ बढी स्तरीय र अन्तर्राष्ट्रियस्तरमा आयोजना गर्न सकिन्छ, त्यसमा पनि समितिलाई क्रियाशील हुन सुझाव दिए ।
महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले मेला महोत्सव उत्पादनको बजारीकरण र उद्यमशीलता विस्तारको प्रभावकारी माध्यम भएकाले स्तरीय मेला महोत्सव आयोजनाका लागि महासंघका सदस्य संघ/संस्थाहरूलाई समेत दक्ष बनाउने कार्यमा समितिको सहयोग आवश्यक हुने बताए । महासंघको कार्यकारिणी समिति सदस्य नरेन्द्र कुमार खड्काकोे सभापतित्वमा गठित व्यापार मेला समितिको सहसभापतिहरूमा नेपाल हस्तकला महासंघका निवर्तमान अध्यक्ष धर्मराज शाक्य, नेपाल फ्रेट फर्वाडर्स एसोसिएसनका उपाध्यक्ष राजेन्द्र संग्रौला, भक्तपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्ण प्रसाद अवाल र नेपाल हातेकागज संघका अध्यक्ष किरण डंगोल चयन भएका छन् ।
समितिका सदस्यहरूमा मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिमिल्सिना, धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मन्जु कुमार कोजु, ललितपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विश्व बज्राचार्य र नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंका महासचिव रमा नाथ श्रेष्ठ छन् ।
त्यसैगरी समितिको विशेष आमन्त्रितहरुमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, उदयपुर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर खड्का, बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम कार्की, प्युठान उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ज्ञामुराम न्यौपाने, पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मोहन श्रेष्ठ, रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पशुपति बहादुर खड्का, काभ्रे उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोब्रेन तौजले, कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेल, इटहरी उद्योग वाणिज्य संघका कोषाध्यक्ष गायत्री कटुवाल, ललितपुर उद्योग वाणिज्य संघका सदस्य लोकमान शाक्य, सोही संघका पूर्वकार्यसमिति सदस्य राकेश मुल्मी, धादिङ उद्योग वाणिज्य संघका पूर्वकार्य समिति सदस्य अनिल कोइराला, ओखलढुंगा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रलाल मास्के, नेपाल निर्यात परिषदका अध्यक्ष हरि कार्की, नेउवामहासंघ प्रदेश १ का सदस्य रविन कुमार दाहाल, आनका पूर्वअध्यक्ष सन्तोष श्रेष्ठ, नेपाल फुटवेयर म्यानुफ्याक्चरिङ एसोसिएसनका उपाध्यक्ष उत्तम अधिकारी, नेपाल हस्तकला महासंघका उपाध्यक्ष रविन्द्र शाक्य, केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष धिरज थपलिया, नेपाल बोटल वाटर्स एसोसिएसनका अध्यक्ष सुवास भण्डारी, नेपाल अदुवा उत्पादन तथा व्यवसायी संघका सदस्य सार्थ बाहनन्द शाक्य छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया