Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१५ विकास बैंकले छ महिनामा कमाए दुई अर्ब ९६ करोड

१५ विकास बैंकले छ महिनामा कमाए दुई अर्ब ९६ करोड


काठमाडौं ।
सञ्चालनमा रहेका १५ वटा विकास बैंकहरुले चालू आर्थिक वर्षको पछिल्लो छ महिनाको अवधिमा दुई अर्ब ९६ करोड ६६ लाख ४४ हजार सात सय ५० रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । यो मुनाफा विकास बैंकहरुले गत आवको सोही अवधिमा कमाएको नाफाभन्दा झण्डै ४६ करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा १५ वटा विकास बैंकहरुले कमाएको नाफा दुई अर्ब ५० करोड ८८ लाख ७५ हजार रुपैयाँ रहेको थियो ।

क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी कुल १९ वटा विकास बैंकहरुले वित्तीय कारोबार सञ्चालन गर्दै आएकोमा हालसम्म १५ वटाले मात्र चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरुमध्ये मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंकसहितका आठवटा विकास बैंकहरुको खुद मुनाफा बढेको देखिए पनि सांग्रिला डेलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंकसहितका छवटा बैंकहरुको नाफा भने गत आवको दोस्रो त्रैमासिकमा घटेका छन् । यस अवधिमा नारायणी डेभलपमेन्ट बैंकको खुद मुनाफा भने ८४ लाख ४१ हजार रुपैयाँले ऋणात्मक देखिएको छ । यसबाहेकका बैंकहरु भने नाफा देखिएका छन् ।

मुक्तिनाथ विकास बैंकले चालू आवको पछिल्लो छ महिनामा ६१ करोड ५५ लाख ७३ हजार पाँच सय दुुई रुपैयाँ खुद कमाएको छ । गत आवको सोही अवधिमा मुक्तिनाथको यस्तो नाफा ४७ करोड २५ लाख १२ हजार ५७ रुपैयाँ रहेको थियो । चुक्ता पुँजी चार अर्ब ८१ करोड १५ लाख ५० हजार आठ सय तीन रुपैयाँ रहेको मुक्तिनाथले चालू आवको दोस्रो त्रैमासिक अवधिमा ७४ अर्ब ८७ करोड २० लाख ४६ हजार पाँच सय ७१ रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब २७ करोड ४० लाख ४१ हजार तीन सय रुपैयाँ कर्जा प्रवाह गर्दा शून्य दशमलव ३० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

गरिमा विकास बैंकले पनि चालू आवको दोस्रो त्रैमासिकमा ३९ करोड ३५ लाख ९० हजार ४१ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा गरिमाको यस्तो नाफा ३२ करोड ५५ लाख ३५ हजार एक सय ३३ रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी तीन अर्ब २३ करोड ८६ लाख ८९ हजार चार सय २८ रुपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा ५३ अर्ब पाँच करोड १८ लाख ३२ हजार एक सय ९० रुपैयाँ कर्जा प्रवाह गर्दा शून्य दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

कामना सेवा विकास बैंकले भने चालू आर्थिक वर्षको पछिल्लो त्रैमासिकमा ३९ करोड ४७ हजार सात सय ५२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा १४ करोड ८५ लाख १९ हजार ५४ रुपैयाँ रहेको थियो । चुक्ता पुँजी दुई अर्ब ५४ करोड एक लाख ९५ हजार तीन सय ५२ रुपैयाँ रहेको कामनाले चालू आवको दोस्रो त्रैमासिकमा ३८ अर्ब १८ करोड ४१ लाख ६२ हजार चार सय ९५ रुपैयाँ निक्षेप संकलन गरी ३१ अर्ब २० करोड २८ लाख १५ हजार छ सय ९९ रुपैयाँ कर्जा प्रवाह गर्दा एक दशमलव ५९ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

लुम्बिनी विकास बैंकले भने पछिल्लो अवधिमा २६ करोड १८ लाख ८५ हजार तीन सय ९७ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । लुम्बिनीको यस्तो नाफा २५ करोड २१ लाख ४८ हजार एक सय ३० रुपैयाँ रहेको थियो । सांग्रिला डेभलपमेन्ट बैंकले पनि चालू आवको पछिल्लो अवधिमा १६ करोड ४८ लाख पाँच हजार एक सय ५१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिमा भने सांग्रिलाको यस्तो नाफा १९ करोड १३ लाख ६७ हजार रुपैयाँ रहेको थियो । कर्पोरेट डेभलपमेन्ट बैंकले भने चालू आवको पछिल्लो अवधिमा एक करोड २७ लाख ९७ हजार पाँच सय ९८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कर्पोरेटको यस्तो नाफा दुई करोड ४४ लाख २६ हजार आठ सय ९५ रुपैयाँ रहेको थियो ।

यसैगरी मितेरी डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा छ करोड ९८ लाख २६ हजार चार सय ४९ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा मितेरीको यस्तो नाफा आठ करोड ३५ लाख तीन हजार ९० रुपैयाँ रहेको थियो । ग्रिन डेभलपमेन्ट बैंकले पनि आवको पछिल्लो अवधिमा २९ लाख ४४ हजार ७३ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक करोड चार लाख २० हजार एक सय ६७ रुपैयाँ रहेको थियो । सिन्धु विकास बैंकले भने चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा तीन करोड ३९ लाख तीन हजार नौ सय ९७ रुपैैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिमा सिन्धुको यस्तो नाफा छ करोड ४८ लाख ५८ हजार १२ रुपैयाँ रहेको छ । महालक्ष्मी विकास बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ३४ करोड ६८ लाख ७१ हजार दुई सय ४६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा महालक्ष्मीको यस्तो नाफा ३० करोड ५० लाख ७९ हजार चार सय ४८ रुपैयाँ रहेको छ । कर्णाली डेभलपमेन्ट बैंकले भने चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड ८३ लाख ५१ हजार छ सय ५३ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिमा महालक्ष्मीको यस्तो नाफा ५९ लाख २८ हजार दुई सय १० रुपैयाँले ऋणात्मक रहेको थियो । एक्सेल डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा नौ करोड ९३ लाख ३५ हजार सात सय ५८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा १० करोड २८ लाख ८० हजार पाँच सय आठ रुपैयाँ रहेको थियो ।

शाइन रेसुुंगा डेभलपमेन्ट बैंकले भने चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २६ करोड ११ लाख ११ हजार नौ सय २२ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ३० करोड सात लाख ९४ हजार छ सय रुपैयाँ रहेको थियो । नारायणी डेभलपेन्ट बैंकले भने चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ८४ लाख ४१ हजार एक सय ५५ रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा चार लाख ३८ हजार रुपैयाँ रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया