काठमाडौं ।
खासगरी २०७५ साउनमा एक किसोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा अभियुक्तहरू पक्राउ नपरेकाले अभियोगीलाई जानाजान जोगाइएको हो कि भन्ने आम तहमा शंका उब्जिएको बेलामा सरकारले झन् मलजल गरेर राजनीतिक वादसँग जोडको छ । प्रहरीबाट नै प्रमाणहरू नष्ट गरिएको कारण पछिल्ला दिन यस्ता घटना झनै दोहोरिरहेका छन् । छ वर्षकी बालिका पनि यसको शिकार भइन् केही दिनअघि मात्रै ।
देशमा यस्ता घटना बढिरहँदा गृहमन्त्रीले भने अरु देशको तुलना गरेर नेपालमा यस्ता घटना कम भएका भनी प्रतिक्रिया दिएका छन् । उनको यस्तो गैरजिम्मेवारपूर्ण अभिव्यक्तिप्रति कतैबाट सामान्य प्रस्टीकरण समेत मागिएन । यस्तो सन्देश बलात्कारीसम्म कसरी पुग्दै छ भन्ने झन्झन् पछिल्ला दिन झन्झन् क्रुरताका घटना भइरहेका दृश्यहरूले प्रकट गरिरहेको अवस्था छ । अर्की कोशोरी भागरथीमाथिको नृशंसता त्यसको पछिल्लो उदाहरण हो ।
गएको बुधबार विद्यालयको पढाइ सकेर आमा एक्लै छिन् भन्दै अरु साथीहरूलाई समेत नपर्खिकन घरतर्फ लागेकी बैतडी दोगडाकेदार–७ चडेपानीकी ११ कक्षामा पढिरहेकी भागरथी भट्टको बाटैमा हत्या भयो । बुधबार विद्यालय गएकी १७ वर्षीया भागरथीको शव भोलिपल्ट बीभत्स अवस्थामा फेलापरेको थियो । यो कस्तो क्रुरताको घटना थियो भने सबैले करिब तीन वर्षअघिको कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनासँग यसको तुलना गरे । पन्त पनि पढ्न गएकै बेला बलात्कारमा परेर हत्या गरिएकी १४ वर्षकी किसोरी हुन् ।
पन्तको हत्यामा संलग्न व्यक्तिको करिब–करिब नजिक पुगेको भनिरहेको प्रहरीले यो घटनालाई यसरी दबाएको आरोप लाग्यो, राज्य नै अपराधीका पक्षमा रहेको र घटनमा ठूला पदाधिकारीको संलग्नता रहेको भन्ने आम धारणा बन्यो । त्यसदिन विद्यालयबाट घर फर्कन नपाएकी यी १७ वर्षीया भागरथीको शवको प्रकृतिले पनि त्यही घटना दोहोरिएको जस्तो देखायो र आफन्तले त्यस्तै अपराधीलाई कारबाहीविहीन गराउने काम होला कि भन्ने शंका गरे ।
प्रहरी प्रशासनको अनुसन्धानको तरिका अहिलेसम्म ठीकै छ तर अपराधी पक्राउ नपरेसम्म कसरी ढुक्क हुने ? पहुँच भएका व्यक्ति घटनामा संलग्न छन् भने कारबाहीबाट उम्किएलान् कि भन्ने शंका लागेको आफन्तमा छ । जे नहुनु थियो त्यो भइसक्यो । त्यसपछि हरेक पटक यस्तो घटना व्यहोरिरहेका आफन्तले यस्तो शंका गरिरहनुपर्ने कुरा सामान्य होइन । सत्ता चलाउनेहरूका लागि योभन्दा अरु लज्जाको विषय के होला ?
भागरथीलाई न्याय दिलाउन गाउँलेलाई राखेर संघर्ष समिति गठन समेत गरिएको छ । एकातिर यस्तो दुःखद घटना र दोषीलाई कारबाही गर्न यस्तो समिति बनाइरहनुपर्ने अवस्थाले देशमा दण्डहीनताको अवस्था कस्तो रूपमा छ, नागरिकले आफूलाई कस्तो असुरक्षित ठानिरहेका छन् भन्ने कुरा सोचनीय छ ।
यदि राज्यमा दण्डहीनताको यस्तो नाजुक अवस्था थिएन भने यस्ता बीभत्सरूपका लास भेटिएका बेला त्यो लासलाई कुर्दा र मलामी जाँदा समेत संघर्ष समिति बनाउनुपर्ने अवस्था आउने थिएन होला । यो ठाउँमा सरकारले सोच्नुपर्छ देशमा आफ्नो शासनको सन्देश कस्तो गइरहेको छ भन्ने । एउटा विद्यार्थी घर फर्किन पाउँदैन, त्यस्तो जीवनलाई निमोठ्नेहरू कारबाहीमा पर्दैनन् भने अनुमान गरौँ यो कति दुःखी समाज होला ?
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- नेपाल निप्पोन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज स्थापना
- जोन्टा, एनसेल फाउन्डेसन, यूएनएफपीए र युनिसेफ नेपालबीच सहकार्य
- कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम
- पोखरा महानगरपालिकाको कागजपत्र अख्तियारको नियन्त्रणमा
- ‘बीबी माइनस ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटी’
- ट्रम्पका कारण चीन, क्यानडा र मेक्सिकोको मुद्रा अवमूल्यन
- दुर्गा प्रसाईंको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन
- एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुन: बोलपत्र आह्वान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया