Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहुण्डाई एक्सचेन्ज कार्यक्रम सुरु

हुण्डाई एक्सचेन्ज कार्यक्रम सुरु


काठमाडौं ।
नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सोमबारदेखि हुण्डाई एक्सचेन्ज कार्यक्रम देशभर सुरु गरेको छ । कम्पनीले सोमबारदेखि आगामी फागुन २ गते आइतबारसम्म उक्त कार्यक्रम सञ्चालन गर्नेछ । यस योजनामा एक्सचेन्ज गर्नुका साथै उच्चतम मूल्यांकन, आकर्षक नगद छुट, १५ हजार रुपैयाँबराबरको लोयल्टी बोनस र एक लाख ४० हजारसम्मको एक्सचेन्ज बोनसका साथै छ वर्षको निःशुल्क र तीन वर्षको वारेन्टी उपलब्ध छन् ।

कम्पनीका महाप्रबन्धक (सेल्स र मर्केटिङ) रुपेश शर्मा भट्टका अनुसार यस कार्यक्रमले ग्राहकहरुलाई आफ्नो सवारीसाधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछन् । यो कार्यक्रम नेपालको सम्पूर्ण डिलर नेटवर्कमा उपलब्ध रहेको कम्पनीको भनाइ छ । ग्राहकहरुको सुविधाको लागि विभिन्न कार्यक्रम र योजना आयोजना गरिरहने लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले वर्षभरि नै आफ्नो ग्राहकको सुविधाको लागि यस्ता योजनाहरु सञ्चालनमा ल्याइरहने जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया