काठमाडौं ।
यसै हप्ता भारतको उत्तराखण्ड चमोलीमा हिमनदी फुटेर आएको बाढीबाट कतिजना बगेर बेपत्ता भए भन्ने टुंगो छैन । दुई दर्जनजति लास फेला परेका छन् । डेढ÷दुई सयभन्दा बढीको संख्या सम्पर्कविहीन रहेको तथ्य आएको छ । यसबाट पुगेको भौतिक र मानवीय क्षतिको अझै आँकलन भइसकेको छैन । स्थिति भयावह अवस्थामा रहेको छ । यसबाट नेपालले समेत सचेत हुनुपर्ने अवस्था छ । नेपाल र भारतका हिमतालहरूको प्रकृति एकैप्रकारका छन् । नेपाल र भारतमा हिमनदीहरूका कारण समय–समयमा ठूला–ठूला क्षति हुनेगरेको यथार्थ टाढा छैन । २०१३ मा केदारनाथमा आएको बाढीले पनि धनजनको धेरै ठूलो क्षति गरेको थियो ।
नेपालमा पछिल्लो समय भेरी आतङ्क बाढीको पछिल्लो उदाहरण हो । यसले पु¥याएको क्षतिको अझै व्यवस्थापन हुन सकेको छैन । विज्ञका अनुसार तापक्रममा आएको वृद्धिले बरफको चट्टान फुटेर त्यसबाट विशाल परिमाणमा पानी निस्किँदा भारतको चमोलीमा बाढी आएका हो । नेपालमा यस्तो सम्भावना झनै बढी रहेको बुझाइ छ विज्ञहरूले बताइरहेका छन् । जलस्रोतविद्का अनुसार हरेक दश वर्षको सेरोफेरोमा ठूला बाढीहरू आएका छन् नेपालमा । कुनै पनि समय नेपालमा ठूलो दुर्घटना नहोला भन्न सकिँदैन । त्यसै नेपालको तर्फबाट पनि समयमै यस्तो जोखिमबाट बच्ने र विपत् व्यवस्थापनका लागि प्रशस्त पूर्वतयारी गर्न जरुरी छ ।
केही पहिले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले गरेकोे अध्ययन भारतको यो हिमताल फुटेको अवस्थापछि चर्चामा आएको छ । यो प्रतिवेदनले नेपालमा तीन हजारभन्दा बढी हिमतालहरू रहेको देखाएको थियो ।
यीमध्ये २१ वटा हिमताल अति जोखिमयुक्त रहेको प्रतिवेदनले उल्लेख गरेको छ । यी ठाउँमा जुनसुकै बेला जे पनि हुनसक्छ । नेपालमा मात्र होइन छिमेकी पहाडी क्षेत्र र तिब्बतका २६ वटा ताल अति जोखिमयुक्त अवस्थामा रहेको प्रतिवेदनले देखाएको छ । तिब्बतका हिमतालबाट बग्ने पानी नेपालमा नै हो । उल्लिखित यी ताल अति जोखिमका हुन् । यस्तो जोखिममै रहेका कुल तालको संख्या पचासभन्दा बढी छ नेपालतर्फ नै । त्यसैले यो जोखिमबाट देशलाई जोगाउन सतर्कता अपनाउनुपर्ने सन्देश समेत चमोली हिमनदी फुटेर पु-याएको क्षतिले दिएको छ ।
कहाँ कस्तो क्षति पुग्छ भनी गरिएको अध्ययनलाई एउटा उपलब्धि मानेर काम गर्न आवश्यक भएको छ । इसिमोडले आजभन्दा १० वर्षअघि २०११ मा गरेको अनुसन्धान प्रतिवेदनमा इम्जा ताल बिस्फोट भए दुधकोशी नदीको एक सय किलोमिटर तलसम्मको तटीय क्षेत्रका ९६ हजार मानिस प्रत्यक्ष र पाँच लाख अप्रत्यक्षरूपमा प्रभावित हुने आँकलन गरेको थियो ।
विज्ञका अनुसार २०१२ मा सेतीमा ठूलो बाढी आएर मानिसहरू मरे, भोटेकोशीमा घटना भयो, १९८४ मा बिक्सो फुटेर पुल बस्तीहरू बगायो, च्छोरोल्पा पनि जुनसुकै बेला फुट्न सक्छ । पछिल्लो समयमा हिउँ पग्लने डर बढेको र तालको आयतन समेत बढेको अवस्थाले भारतको उत्तराखण्ड चमोलीजस्तो घटनाको निकट रहेको अवस्थामा छ नेपाल । यो भनेको खतरा निकट नै छ भन्ने हो । दश वर्षअघिदेखि कायम रहेको खतरा त्यसपछिका वर्षहरूमा झन् बढेको हुनसक्छ । जमीनको तापक्रम बढेको त सबैलाई जानकारी छ नै । सम्बन्धित निकाय सचेत हुन जरुरी छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- नेपाल निप्पोन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज स्थापना
- जोन्टा, एनसेल फाउन्डेसन, यूएनएफपीए र युनिसेफ नेपालबीच सहकार्य
- कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम
- पोखरा महानगरपालिकाको कागजपत्र अख्तियारको नियन्त्रणमा
- ‘बीबी माइनस ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटी’
- ट्रम्पका कारण चीन, क्यानडा र मेक्सिकोको मुद्रा अवमूल्यन
- दुर्गा प्रसाईंको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन
- एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुन: बोलपत्र आह्वान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया