काठमाडौं ।
वीर गणेशमान सिंह स्पोर्टस कमिटीले आगामी चैत ७ गते शनिबार काठमाडौंमा ‘वीर गणेशमान सिह सेकेन्ड दश हजार रोड रेस’ आयोजना गर्ने भएको छ । काठमाडौंमा भएको कार्यक्रममा आयोजकका संयोजक सञ्जीव तुलाधारले सो कुराको जानकारी गराएका हुन् ।
प्रतियोगिताका महिला तथा पुरुषतर्फका विजेताले ६० हजार पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी दोस्रो हुनेले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौं हुनेले ५ हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगितामा छैटौंदेखि १०औं स्थानसम्म प्राप्त गर्ने खेलाडीलाई चार हजारबराबरको गिफ्टह्याम्पर प्रदान गरिनेछ ।
साथै नयाँ कोर्स रेकर्ड कायम गर्ने पहिलो खेलाडीलाई नगद १० हजार रुपैयाँले पूरस्कृत गरिनेछ । रुट फेसन प्रालि (एडिडास) प्रायोजक रहेको प्रतियोगितामा अनुमानित बजेट १२ लाख रहेको आयोजकले बताएको छ । साथै २०७८ वैशाख अन्तिम साता वीर गणेशमान सिंह राष्ट्रिय फेन्सीडग प्रतियोगिता आयोजना हुनेछ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया