नक्कली सुन दिई ५५ लाख रूपैयाँ ठगी गर्ने ५ जना पक्राउ
काठमाडौं ।
नक्कली सुन दिई लाखौ रूपैयाँ ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । उक्त गिरोहले काठमाडौं महानगरपालिका ताहाचल बस्ने एक व्यक्तिलाई १ केजीको नक्कली सुन दिई ५५ लाख रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका १६ बस्ने काभ्रे भुम्लु गाउँपालिका ५ का ३२ वर्षीय सन्त बहादुर लामा, काठमाडौं तार्केश्वर नगरपालिका ५ मा शान्तिटोल बस्नेहरू नुवाकोट किस्पाङ गाउँपालिका १ का ४५ वर्षीय ऋषमान घले, जित भन्ने ३५ वर्षीय मेख तामाङ, चन्द्र भन्ने २० वर्षीय जेरि तामाङ र काठमाडौं महानगरपालिका ताहाचल बस्ने झापा अनारमनि १ बिर्तामोडका पप्पु भन्ने ५३ वर्षीय अभय कुमार चौधरी रहेका छन् । उनीहरूले माघ ११ गते नक्कली सुनलाई सक्कली सुन हो भन्दै उक्त रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया