काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघले पहिलोपटक वैदेशिक रोजगार फोरम गठन गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्रमा विप्रेषणको योगदानलाई उच्च मूल्यांकन गरी महासंघले वैदेशिक रोजगार क्षेत्रलाई नै हेर्ने गरी पहिलोपटक वैदेशिक रोजगार फोरम गठन गरेको बताए ।
वार्षिक करिव नौ खर्बको हाराहारीमा भित्रिने विपे्रषणले मुलुकको अर्थतन्त्रमा निकै ठूलो योगदान पु-याएको उनले बताए । फोरमको विस्तार कार्यक्रममा उनले भने, ‘अहिले पनि हामीले दक्ष जनशक्ति पठाउन नसक्दा न्यूनतम तलबमा अनेकौँ समस्याहरू झेल्दै विदेशी भूमिमा काम गर्न हाम्रा दाजुभाइ दिदी बहिनीहरू बाध्य छन् ।’
यो क्षेत्रलाई अझ बढी व्यवस्थित बनाउन, दक्ष जनशक्ति विकास तथा समस्यामा रहेका नेपालीहरूलाई सकेको सहयोग गर्न समेत केही योगदान पु-याउन सकियोस् भनेर महासंघले फोरम गठन गरेको भन्दै उनले फोरमलाई वैदेशिक रोजगारीका समग्र मुद्दाहरूमा परिणामदायीरूपमा काम गर्न सुझाव दिए । महासंघको रोजगारदाता परिषद्का सभापति एवं प्रदेश उपाध्यक्ष रामचन्द्र संघाईले फोरमले यस क्षेत्रका सरोकारवाला निकायहरूसँग बसेर वैदेशिक रोजगारीका सम्भाव्यता तथा चुनौतीहरूबारे अध्ययन गरी ठोस सुझाव तयार गर्न अनुरोध गरे ।
महासंघको कार्यकारिणी समितिका सदस्य विष्णु प्रसाद गैरेकोे सभापतित्वमा गठित वैदेशिक रोजगार फोरमको सहसभापतिमा प्रज्ञान न्यौपाने रहेका छन् । फोरमका सदस्यहरूमा कृष्ण पौडेल, सञ्जय निरला, सञ्जय देवकोटा, मोहम्मद जुनैद, मन गुरुङ, विनायक पोखरेल र भवानी निरौला र आमन्त्रित सदस्यहरूमा सुनिता कर्माचार्य, थिरमणि पौडेल, सुवर्ण श्रेष्ठ रहेका छन् भने सल्लाहकारहरूमा किरण किशोर घिमिरे, रोहन गुरुङ, सुजित कुमार श्रेष्ठ, नवराज केसी र नरेन्द्र ढकाल छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया