काठमाडौं ।
सत्तारुढ दलको एउटा पक्ष प्रचण्ड–माधव समूहबाट राजधानीमा झण्डै तीन साताको अन्तरमा दुईवटा ठूला जनप्रदर्शन भए । यसबीचमा यो समूहले आम हडताल गरेर २२ माघमा सडक पूरै आफ्नो कब्जामा लिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली समूहले यही राजधानीमा प्रधानमन्त्रीले आजसम्म नभएको ठूलो भनी बताएका प्रदर्शन सम्पन्न भएको २३ माघको यो पाँचौँ दिनको कुरा हो ।
यो समूहले पछिल्लो समय पूर्व–पश्चिम सबैतिर यस्ता प्रदर्शन गरेर राजधानी आएको हो । यस्तै प्रदर्शन यो समूहले माघको सुरुमा धनगडीमा आयोजना गरेको थियो । राजधानीपछि बुटवल र विराटनगरमा पनि यस्तै प्रदर्शन हुने जानकारी प्रधानमन्त्रीले नै दिएका हुन् । माघ २३ मा राजधानीको प्रदर्शनमा उनले यस्तो घोषणा गरेका हुन् । यसको अर्थ हो प्रधानमन्त्री नै यस्ता सडक प्रदर्शनका सूचक भइरहेका छन् ।
सत्तारुढ दल फुटेको छैन । गुट मात्रै भिन्नजस्तो देखिन्छ । तर कामचाहिँ सडकमा टाउका गन्ने मात्र भयो । त्यो टाउको गनाइको सन्दर्भमा प्रधानामन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारले फिता नै बोकेर सडक नापेका र मान्छे गनेका घटना पछिल्ला दिन निकै चर्चामा आए । त्यसमध्येको एउटा हो सडकमा निस्किएका प्रधानमन्त्रीका आँशु ।
सल्लाहकारका शब्दमा कुम जोडेर बस्ने कमरेडहरूले दायाँ फर्किँदा बायाँले हान्ने, बाँया फर्किँदा दायाँले हान्ने गरेर प्रताडन पारिरहेको एउटा अध्यक्षले त्यो मास, जसले प्रत्येक बोलीमा आई लभ यू भन्दै थियो । त्यसबाट उहाँ भावुक हुनुभयो, उहाँ अडिनुभयो, आँशु पुछ्नुभयो र तपाईंहरूसँग म छु भन्नुभयो भनेको प्रसङ्ग पनि आयो । प्रधानमन्त्रीले त्यस दिन आफ्नो आँशु चिसोका कारण आएको भनी बताएका थिए ।
आमसभामा प्रधानमन्त्रीले भनेको मान्ने कि पछि सल्लाहकारले दिएको जानकारीलाई आधिकारिक मान्ने भन्ने अन्योल छायो । सल्लाहकारको यो भनाइले देशमा प्रधानमन्त्री ओलीभन्दा बढी क्रेज अरु कसैको छैन भन्ने बुझाउँछ । यसो हो भने त्यो क्रेज कसैलाई देखाउन खोजिएको मात्र हो भन्ने बुझ्नुपर्छ । तर वास्तविकता त्यो हो कि होइन भन्नेचाहिँ फेरि पनि यसले बताउँदैन । किनभने सरकारको लोकप्रियता सडक प्रदर्शनले भन्दा उसका कामले देखाउने हो ।
जनताबाट भएको सरकारी कामको मूल्यांकनमा सरकार आफैँ सन्तुष्ट रहेनछ । तिनै सल्लाहकारका भनाइमा प्रधानमन्त्री केपी ओलीले के ग¥यो भनेर प्रश्न गर्नेहरू मेरो विचारमा काठमाडौँ खाल्डोमा केही पत्रिकामा कथित विचार लेख्ने र राति सुर हराइसकेपछि ट्वीटर र फेसबुकमा बरालिने मान्छेबाहेक केही छैन जसले कामको सही मूल्यांकन गर्छन्, उनीहरूले काम भएको देखेका छन् । उनले भनेअनुसार हो भने के धारामा पानी आयो ? परीक्षा दिएर एउटा सवारी लाइसेन्स लिन चाहनेले त्यस्तो पायो त ? यी कामहरू सरकार आफैँले सडकमा अवरोध गरेर देखाउनेभन्दा व्यवहारमा उतारिएको भए वास्तवमा नै त्यसको एउटा अर्थ रहन्थ्यो नै । यो प्रदर्शन त्यस्तो होइन ।
पक्ष जुनसुकै हुन् सडकको प्रदर्शन जनतालाई दुःख दिनेबाहेक न लोकप्रियताको मापन हुने ठाउँ हो न शक्तिको परीक्षण नै हुन्छ त्यसबाट । त्यसमाथि सरकारले त नागरिकलाई सडकमा हिँडडुल गर्न दिन्नँ भन्न पाउँदैन । अरुले त्यसो गर्दा कारबाही गर्ने निकाय नै सडकमा आउँदाको अवस्था भिन्न हुन्छ । सबैले हेक्का राखौँ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- नेपाल निप्पोन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज स्थापना
- जोन्टा, एनसेल फाउन्डेसन, यूएनएफपीए र युनिसेफ नेपालबीच सहकार्य
- कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम
- पोखरा महानगरपालिकाको कागजपत्र अख्तियारको नियन्त्रणमा
- ‘बीबी माइनस ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटी’
- ट्रम्पका कारण चीन, क्यानडा र मेक्सिकोको मुद्रा अवमूल्यन
- दुर्गा प्रसाईंको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन
- एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुन: बोलपत्र आह्वान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया